भरतपुर/नेपालीहरुको महान पर्वहरु मध्ये दोश्रो ठूलो चाड शुभ दीपावलीको पहिलो दिन भरतपुर र नारायणगढ क्षेत्रमा निकै भीड देखिन्छ । भरतपुरको हाकिमचोक, सिनर्जीरोड, मालपोतचोक, त्यस्तै नारायणगढका शहीदचोक, मिलनरोड, पुल्चोक, कमलनगरमा तिहारको लागि किनमेल गर्न आउनेहरुको भीडले पैदलयात्रीहरुलाई हम्मेहम्मे नै परेको छ ।
Advertisement
तिहारको पहिलो दिन आज काग तिहार सम्पूर्ण घर–घरमा कागको पुजा गरेर मनाएका छन् । आजै धन्वन्तरी जयन्ती परेको हुँदा घरमा प्रयोग हुने सामानहरुको किनमेल पनि बढेको स्थानीय व्यापारी बताउँछन् । बजारमा देखिएको भीडले कोरोनाको कुनै पनि असर नपरेको जस्तो देखिन्छ । कतिपय विना माक्स नै बजारका गल्ली गल्ली डुलेको देखिन्छ । सामाजिक दुरीको त कुरै छोडौं । बाक्लो भीडका कारण मानिसहरु एक आपसमा ठोक्किने अवस्था रहेको छ ।




