भरतपुर, २५ कार्तिक/औद्योगिक सहकार्यका लागि सहकारी भन्ने मूल उद्देश्यका साथ स्थापित चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेफ्स्कुनका अध्यक्ष तथा पदाधिकारी र साकोसका सञ्चालकहरुबीच परिचयात्मक एवं छलफल कार्यक्रम सम्पन्न गरेको छ । चितवन उद्योग संघको सभाहलमा चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न परिचयात्मक एवं छलफल कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथि रहनुभएको थियो ।
चितवन औद्योगिक विकास साकोसका अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य सहित चितवन औद्योगिक विकास साकोसको अभियानका बारेमा जानकारी गराउनु भएको थियो । भर्चुअल माध्यममा zoom मार्फत गत असोज २४ गते सम्पन्न ९ औं साधारणसभाका प्रमुख अतिथि समेत रहनु भएका नेफ्स्कुनका अध्यक्ष एवं अतिथिहरुलाई साधारण सभाको अवसरमा प्रदान गरिने सम्झनाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा साकोस र नेफ्स्कुनबीचको सहकार्य कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सम्बन्धमा साकोसको तर्फबाट नेफ्स्कुनका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथिलाई पत्र समेत प्रदान गरिएको थियो । नेपालभरिका बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रीय छाता संस्थाको रुपमा रही साकोेसको सबलीकरण तथा सुदृढिकरण अभियानमा नेफ्स्कुनले खेल्दै आएको भूमिकाका कारण यसको सदस्य हुनुमा गर्व गर्दै स्थापनाको शुरुवातदेखि नै नेफ्स्कुनसँग सामिप्यतामा रही हरेक अभियानमा यथाशक्य साथ सहयोग गर्दै आएको कुरा पत्रमा उल्लेख गरिएको छ ।
औद्योगिक प्रवद्र्धनमा वास्तवमा नै सहयोग पु¥याउने हो भने उद्योगहरुलाई समेत सदस्यता प्रदान गरी साकोसको तर्फबाट प्रदान गरिने सेवाहरुमा समान पहुँचको आवश्यकता महशुस गरिएको तर सहकारी ऐन तथा नियमावलीमा भएका केही अन्यौलता र प्राकृतिक व्यक्तिलाई मात्र कर्जा प्रवाह गर्ने भत्रे नेफ्स्कुनद्धारा जारी गरिएको एकिकृत स्वनियमन मार्ग निर्देशन २०७७ को व्यवस्थाका कारण औद्योगिक प्रबद्र्धन गर्ने मूल उदेश्यका साथ स्थापित चितवन औद्योगिक विकास साकोस जस्ता संस्थाहरुको लक्ष्य प्राप्तीमा सहयोगी हुन नसकेकोले सहकारी ऐन तथा नीतिनियम निर्माणमा अग्रिणी भूमिका निर्वाह गर्दै आफ्नो विशेष पहिचान बनाउन सफल भएको साकोसको एकमात्र केन्द्रीय छाता संस्था नेफ्स्कुनले चितवन औद्योगिक विकास साकोस जस्ता साकोसहरुको विशेष पहिचान र स्थापनाको मर्म अनुसार सदस्यता तथा सेवा प्रवाह गर्न सक्ने कानुनी व्यवस्थाका लागि समन्वयकारी भूमिकाका साथ पहलकदमी चाली सहयोग गरिदिन पत्रमार्फत नेफ्स्कुनलाई अनुरोध गरिएको छ ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कुनका अध्यक्षज्यूले चितवन औद्योगिक विकास साकोसले औद्योगिक प्रबर्द्धनमा विषयमा खेलेको भूमिकाको प्रशम्शा गर्दै साकोसको अभियानमा पूर्ण रुपमा सहयोग र साझेदारी गरिने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो। कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का उपाध्यक्ष शान्ति ढकाल अधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, नेपाल केन्द्रीय सदस्य विद्या कोइराला, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी, चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्था लि.का लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्द अर्याल, चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक सदस्य एवं शिक्षा उपसमितिका संयोजक दण्डपाणी भट्टज्यू, सञ्चालक सदस्यहरु ताराबहादुर कार्की, दक्षिणा गैह्रे न्यौपाने, गोपाल प्रसाद गैरे, चन्द्रकान्त सुवेदी, चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट, साकोसकी लेखापाल सुजाता हुमागाईलगायतको उपस्थिति रहेको थियो ।
चितवन औद्योगिक विकास साकोसका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन औद्योगिक विकास साकोसका सचिव सुधा सुवेदी पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।




