• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता


  •   बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
  • कविता खतिवडा

    Advertisement

    उर्लिएको भोटेकोशी, पहिरोको गर्जन र आँखैअगाडि बगेका घर–बस्तीको दृश्य धेरै बालबालिकाको मनबाट सजिलै मेटिनेछैन । विपत्तिबाट जोगिए पनि उनीहरूको डर उस्तै छ । त्यसैमाथि राहतमा पौष्टिक खानाको अभाव, पढाइ रोकिएको अवस्था र अस्थायी आश्रयको अनिश्चितताले रसुवाका बालबालिकालाई अर्को संकटतर्फ धकेलिरहेको छ । उनीहरूलाई अहिले राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता छ ।

    गएको भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेसी हुँदै त्रिशूली तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनायो । भौतिक पूर्वाधार, सडक तथा जलविद्युत् आयोजनामा पुगेको व्यापक क्षतिभन्दा पनि दर्दनाक पक्ष यस विपत्तिबाट मुख्य रूपमा प्रभावित बनेका साना बालबालिकाहरूको अवस्था हो । ठूला प्राकृतिक प्रकोपबाट जोगिएका बालबालिका यतिबेला गास, बास र कपासको चरम अभावका साथै मानसिक आघात, शिक्षामा अवरोध र पोषणहीनताको गम्भीर जोखिमसँग जुधिरहेका छन् ।

    जंकफुड र दीर्घकालीन कुपोषणको खतरा

    विपत्तिको वर्तमान कठिन स्थितिमा प्रभावित क्षेत्रका बालबालिकामा सूक्ष्म पोषक तत्वको अभाव हुनु स्वाभाविक हो । तर, सरकार तथा सहयोगी संघ–संस्थाहरूले राहतका नाममा तुरुन्तै चाउचाउ, बिस्कुट, कुरमुरे आदि जंकफुडका पोका बाँड्ने गलत परम्परा पुन: दोहोर्‍याइरहेका छन् ।

    भूकम्प वा बाढी–पहिरो आदि विपत्तिको समयमा चाउचाउ र बिस्कुटलाई राहतका रूपमा बाँड्नु भनेको बालबालिकालाई दीर्घकालीन कुपोषणतर्फ धकेल्नु हो । राहत सामग्रीमा यस्ता प्रशोधित र गुणस्तरहीन खानाको प्रयोग निरुत्साहित गरिनुपर्छ ।

    स्थानीय पोषक तत्व

    राहतमा प्याकेटका पत्रु खाना होइन, हाम्रै वरिपरि सजिलै पाइने र देशभित्रै उपलब्ध हुने फापर, कोदो, जुनेलो, चिउरा, दाल तथा आलु आदि खाद्यपदार्थ पठाउनु आवश्यक छ ।

    राहत शिविरहरूमा आगोको जोहो गरेर सजिलै पकाउन सकिने खिचडी, जोगीभात वा टुसा उमारिएका गेडागुडीको झोल खान दिँदा बालबालिकाले स्वाद, तातो र आवश्यक पोषण दुवै प्राप्त गर्छन् ।

    गेडागुडीलाई टुसा उमारेर सुकाई बनाइएको पिठोको सुपले बालबालिकामा प्रोटिन र सूक्ष्म पोषक तत्वको कमी हुन दिँदैन ।

    विपत्तिको समयमा दाता र स्थानीय निकायले चाउचाउ/बिस्कुट होइन, हाम्रै स्थानीय कृषि उपज किनेर पीडितलाई बाँड्ने नीति लिनुपर्छ । यसले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याउनुका साथै बालबालिकाको शारीरिक स्वास्थ्य पनि मजबुत बनाउँछ ।

    शिक्षा क्षेत्रमा परेको असर र अन्योल

    भोटेकोशीको बाढी र पहिरोले रसुवासँगै छिमेकी नुवाकोट र धादिङका १९ भन्दा बढी विद्यालय भवनहरू ध्वस्त वा क्षतिग्रस्त बनाएको छ । जसका कारण १० हजारभन्दा बढी बालबालिकाको नियमित पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । विपत्तिको बेला सडक सम्पर्क र टेलिफोन सेवा अवरुद्ध हुँदा विद्यालय तथा घरबाट विस्थापित भएका कयौं बालबालिकाहरू अझै आफ्ना अभिभावकबाट अलग्गिएका छन् । हाल धेरैजसो बालबालिकालाई अस्थायी आश्रयस्थल वा होल्डिङ सेन्टरमा राखिएको छ, जहाँ न त लेख्ने–पढ्ने वातावरण छ, न त शैक्षिक सामग्री नै उपलब्ध छन् ।

    मानसिक स्वास्थ्य र मनोसामाजिक आघात

    पहिरोको भीषण गर्जन, उर्लिएको धमिलो नदी र एकाएक घर–गाउँ बगेको दृश्य प्रत्यक्ष देखेका बालबालिका गम्भीर मनोसामाजिक आघातबाट गुज्रिरहेका छन् । उनीहरूमा अस्वाभाविक रूपमा तर्सिने, रातमा तर्सिएर उठ्ने, टोलाएर बस्ने, एक्लै हुन डराउने र पुन: बाढी आउने डरले निद्रा नपर्ने समस्या देखिएका छन् । त्यसैले शिक्षा र स्वास्थ्य निकायहरूले अस्थायी शिविरहरूमा तत्काल खेलकुद, चित्रकला र बालमैत्री वातावरण सिर्जना गरी मनोसामाजिक परामर्शदाता खटाउनु अनिवार्य बनेको छ ।

    अबको बाटो

    प्रकृतिलाई रोक्न नसकिए पनि प्राकृतिक विपत्तिपछिको मानवीय संकटलाई व्यवस्थापन गर्न सकिन्छ । सञ्चारमाध्यम, स्वास्थ्यकर्मी र नीति–निर्माताहरूले तत्काल आवाज उठाउनुपर्छ । राहतका नाममा बालबालिकालाई जंकफुड दिएर उनीहरूको स्वास्थ्यमाथि खेलबाड गर्नुहँुदैन । स्थानीय स्तरमा उपलब्ध पौष्टिक आहार, सुरक्षित शैक्षिक वातावरण र मनोसामाजिक ढाडस नै अहिलेका रसुवाका बालबालिकाको मुख्य आवश्यकता हो ।

    विपद्पछि बालबालिकाहरूमा देखिने मनोसामाजिक आघातलाई व्यवस्थापन गर्न र उनीहरूलाई सामान्य अवस्थामा फर्काउन अभिभावक र शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । बालबालिकाहरू वयस्क जस्तै आफ्ना भावनाहरू स्पष्ट भन्न सक्दैनन्, त्यसैले उनीहरूको व्यवहार बुझेर मनोवैज्ञानिक प्राथमिक उपचार दिनु आवश्यक छ ।

    अभिभावकले गर्न सक्ने उपाय

    सुरक्षा र ढाडसको अनुभूति दिलाउने

    बालबालिकालाई ‘अब हामी सुरक्षित छौं, म तिम्रो साथमा छु’ भनेर निरन्तर आश्वस्त पार्नुहोस् । उनीहरूलाई एक्लै नछाड्नुहोस् ।

    भावना व्यक्त गर्न दिने

    बालबालिकाहरूले डर, चिन्ता वा रिस व्यक्त गर्दा हप्काउने वा कराउने गर्नुहुँदैन । उनीहरूका कुरा ध्यानपूर्वक सुनिदिने र ‘डर लाग्नु स्वाभाविक हो’ भनेर उनीहरूको भावनाको कदर गर्ने ।

    दैनिक दिनचर्यामा फर्काउने

    विपद्पछि पनि उनीहरूको सुत्ने, खाने र खेल्ने समयलाई सकेसम्म नियमित तालिकामा ल्याउने प्रयास गर्ने । नियमितताले बालबालिकामा सुरक्षाको भावना जगाउँछ ।

    सञ्चारमाध्यम र हल्लाबाट टाढा राख्ने

    बाढी, पहिरो वा विनाशका कारुणिक दृश्य, भिडियो र डरलाग्दा समाचार उनीहरूलाई धेरै हेर्न वा सुन्न नदिने ।

    शारीरिक निकटता र खेलकुद

    साना बालबालिकालाई अँगालो हाली काखमा राखेर खेल वा चित्रकलाका माध्यमबाट आफ्ना भावना पोख्न प्रोत्साहन गर्नुपर्छ ।

    शिक्षकले कक्षामा गर्न सक्ने उपाय

    बालमैत्री वातावरण सिर्जना गर्ने

    अस्थायी शिविर वा विद्यालयमा बालबालिकालाई सुरक्षित र रमाइलो महसुस हुने ठाउँ बनाउने ।

    कडाइभन्दा लचकता अपनाउने

    विपद्लगत्तै पढाइ र परीक्षाको धेरै दबाब नदिने । उनीहरूको ध्यान केन्द्रित नहुन सक्छ वा गृहकार्य गर्न नसक्न सक्छन्, त्यसैले यस्तो बेला धैर्य र लचकता देखाउनुपर्छ ।

    सामूहिक गतिविधि र खेलकुद

    साथीहरूसँग घुलमिल हुने, गीत गाउने, नाटक, खेलकुद वा चित्र बनाउने जस्ता गतिविधि गराउने, जसले उनीहरूको ध्यान आघातबाट मोड्न सहयोग गर्छ ।

    असामान्य व्यवहारको पहिचान

    कुनै बच्चा धेरै टोलाउने, लगातार रोइरहने, एक्लै बस्न खोज्ने, वा डराएर अत्यधिक आक्रामक हुन्छ भने उसको विशेष ख्याल गर्ने र आवश्यक परे मनोसामाजिक परामर्शदातासँग सम्पर्क गराउने ।

    अनुभूति साटासाट गर्ने मौका दिने

    इच्छुक बालबालिकालाई आफ्ना अनुभव वा डर आपसमा बाँड्न दिने, तर कसैलाई पनि जबरजस्ती बोल्न वा विपद्को घटना दोहोर्‍याएर भन्न नलगाउने ।

    विशेष ध्यान दिनुपर्ने कुरा

    विपद्को केही हप्तापछि पनि बालबालिकामा बढी डर, ओछ्यानमा पिसाब फेर्ने, रातमा ऐठन हुने वा दैनिक काममा बाधा पुग्ने खालका लक्षण देखिएमा तुरुन्तै बालरोग विशेषज्ञ वा मनोसामाजिक विशेषज्ञको सहयोग लिनुपर्छ ।

    (लेखक भरतपुरस्थित मनकामना अस्पतालकी मेट्रोन हुन् ।)

    बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.