• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

उद्योगीका समस्या समाधानदेखि औद्योगिक प्रवद्र्धनसम्म प्राथमिकता : वरिष्ठ उपाध्यक्षमा गजेन्द्र अधिकारी

  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
  • चितवन/चितवन उद्योग संघको १८औँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रत्ननगर प्याकेजिङ उद्योगका सञ्चालक रत्ननगर–२, चितवन निवासी गजेन्द्र अधिकारी चयन भएका छन् ।
    उद्योग व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारीले संघको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीसँगै चितवनको औद्योगिक विकास, उद्योगी व्यवसायीका समस्या समाधान तथा लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने योजना अघि सारेका छन् ।
    चितवनमा उद्योग सञ्चालनका क्रममा उद्योगीहरूले भोग्दै आएका नीतिगत, पूर्वाधार, विद्युत्, कर, बैंकिङ, बजार व्यवस्थापन तथा प्रशासनिक समस्याको पहिचान गरी सम्बन्धित सरकारी निकायसँग समन्वय र सहकार्य गर्ने अधिकारीको प्राथमिकता रहेको छ । उद्योगीका साझा समस्या समाधानका लागि निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
    अधिकारीले चितवनमा नयाँ उद्योग स्थापनाका लागि आवश्यक वातावरण निर्माण गर्दै स्थानीय तथा बाह्य लगानी आकर्षित गर्ने, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तारका लागि सहजीकरण गर्ने तथा साना तथा मझौला उद्योगलाई प्रविधि, वित्तीय पहुँच र बजारसँग जोड्ने योजना बनाएका छन् ।
    त्यसैगरी स्थानीय स्रोतसाधन र कच्चा पदार्थमा आधारित उद्योगको प्रवद्र्धन, स्वदेशी उत्पादनको प्रयोग र बजारीकरणमा जोड दिने उनको योजना छ । उद्योग क्षेत्रमा नयाँ पुस्ताको सहभागिता बढाउन उद्यमशीलता विकास, सीपमूलक तालिम तथा उद्योगको आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्ने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिने अधिकारीले बताएका छन् ।
    चितवनलाई देशकै महत्वपूर्ण औद्योगिक तथा व्यावसायिक केन्द्रका रूपमा विकास गर्न निजी क्षेत्र, स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारबीच सहकार्य आवश्यक रहेको अधिकारीको धारणा छ। औद्योगिक पूर्वाधारको विकास, व्यवस्थित औद्योगिक क्षेत्र निर्माण, लगानी सुरक्षा तथा उद्योगमैत्री नीति निर्माणका लागि संघमार्फत सम्बन्धित निकायमा निरन्तर पहल गर्ने उनले बताएका छन् ।
    उद्योगी व्यवसायीबीच आपसी सहकार्य र अनुभव आदानप्रदानलाई संस्थागत गर्दै उद्योग क्षेत्रमा देखिएका समस्या सामूहिक रूपमा समाधान गर्ने वातावरण निर्माणमा पनि आफ्नो भूमिका केन्द्रित हुने अधिकारीको भनाइ छ ।
    “उद्योगको विकासबिना समग्र आर्थिक विकास सम्भव हुँदैन। त्यसैले उद्योगीका समस्या समाधानसँगै नयाँ लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ,” अधिकारीले बताएका छन् । चितवन उद्योग संघको नेतृत्वमा नयाँ जिम्मेवारी प्राप्त गरेका अधिकारीले आफ्नो कार्यकाललाई उद्योगीको हित संरक्षणसँगै जिल्लाको औद्योगिक विकास र प्रवद्र्धनमा केन्द्रित गर्ने अपेक्षा गरिएको छ ।

    Advertisement

    बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.