भरतपुर । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता कर्माचार्य इन्टरप्राइजेज प्रा.लि.ले ‘यामाहा ब्लु फेस्ट’ एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । ‘नेपालको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट’ का रूपमा प्रचार गरिएको उक्त मेला असोज ४ गतेदेखि १० गतेसम्म भरतपुरस्थित व्यापार चोक (सीजी ल्यान्डमार्कसँगै) रहेको नवीन अटो सेन्टरमा सञ्चालन हुने जनाइएको छ ।मेलामा ग्राहकहरूले पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ यामाहा मोटरसाइकल खरिद गर्न सक्नेछन् । आयोजकका अनुसार यामाहा ब्रान्डका पुराना सवारीसाधनको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ र अन्य ब्रान्डका सवारीसाधनको न्यूनतम मूल्यांकन २५ हजार रुपैयाँ कायम गरिएको छ ।

मेलामा स्पट एक्सचेन्ज र सहज फाइनान्सको सुविधा उपलब्ध हुने बताइएको छ । साथै, ग्राहकहरूले खरिद तथा दर्तासम्बन्धी योजनामार्फत विभिन्न पुरस्कार जित्ने अवसरसमेत पाउनेछन् ।
योजनाअन्तर्गत स्क्यान तथा दर्ता गर्दा एक लाख रुपैयाँसम्म जित्न सकिने, खरिद प्रमाणीकरणमार्फत १० लाख रुपैयाँसम्मको पुरस्कार प्राप्त गर्न सकिने तथा हरेक हप्ता हाइ–टेक ग्याजेट जित्ने अवसर रहेको प्रचार सामग्रीमा उल्लेख छ । यसैगरी, बम्पर पुरस्कारका रूपमा नयाँ यामाहा आर१५ मोटरसाइकल जित्ने अवसरसमेत रहेको जनाइएको छ ।
मेलासम्बन्धी थप जानकारीका लागि कर्माचार्य इन्टरप्राइजेज प्रा.लि.मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।




