चितवन/चितवन उद्योग संघअन्तर्गतको युवा उद्यमी मञ्च (YEF) को आयोजनामा विपद्का समयमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिक्रियाकर्ताहरूको मानसिक स्वास्थ्य तथा कल्याणलाई लक्षित गरी ‘Staying Well While Responding’ विषयक कार्यशाला आयोजना भएको छ।
‘तपाईंले अरुलाई सम्हाल्नुभयो, अब आफूलाई सम्हाल्ने पालो।’ भन्ने सन्देशसहित आयोजना हुन लागेको उक्त कार्यशालामा विपद्का बेला अरुको उद्धार तथा सहयोगमा खटिने व्यक्तिहरूले आफ्नो मानसिक तथा शारीरिक स्वास्थ्यको समेत हेरचाह कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ।

कार्यशालामा आफूलाई बुझ्ने (Understand Yourself), स्थिर र नियमित रहने (Ground & Regulate), शरीरको हेरचाह गर्ने (Care for Your Body) तथा सँगै हेरचाह गर्ने (Care Together) लगायतका विषयमा केन्द्रित भएर सहभागीलाई व्यवहारिक जानकारी प्रदान गरिनेछ।
कार्यशाला चितवन उद्योग संघको परिसरमा सञ्चालन हुनेछ। कार्यक्रम बिहान ११ बजेदेखि १ बजेसम्म तथा दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
कार्यशालालाई Antarang, Papa’s House र Pathshala Nepal Foundation ले सहजीकरण गर्नेछन्। विपद् व्यवस्थापन तथा राहत–उद्धारका क्रममा अग्रपंक्तिमा खटिने व्यक्ति तथा सम्बन्धित क्षेत्रका सरोकारवालाका लागि कार्यशाला उपयोगी हुने अपेक्षा गरिएको छ।
https://www.youtube.com/watch?v=tIuXj3K0pjo
Advertisement




