भरतपुर/चितवनमा जिल्ला स्तरीय शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्त्वावधानमा चितवन शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
प्रतियोगिताअन्तर्गत दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिता, प्रथम पुरुष स्पोर्ट्स फिजिक्स प्रतियोगिता तथा दोस्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता–२०८३ आयोजना गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता २०८३ साल असोज १६ र १७ गते भरतपुर, चितवनमा हुने बताइएको छ। प्रतियोगिताको मुख्य उद्देश्य शारीरिक सुगठन तथा फिटनेस क्षेत्रको विकाससँगै खेलाडीहरूको प्रतिभा पहिचान र प्रोत्साहन गर्नु रहेको आयोजकको भनाइ छ।
प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजनाको मूल सन्देश “स्वास्थ्य शरीर मित्र, स्वास्थ्य मनस्थिति” रहेको छ।




