• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

रत्ननगरमा ‘सिक्दै कमाउँदै’ इन्टर्नसिप सम्पन्न

  •   शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
  • चितवन/रत्ननगर नगरपालिका र स्थानीय शहीद स्मृति बहुमुखी क्याम्पसको संयुक्त सहकार्यमा सञ्चालित १५ दिने ‘सिक्दै कमाउँदै’ इन्टर्नसिप कार्यक्रम आज एक औपचारिक समारोहबीच सफलतापूर्वक सम्पन्न भएको छ। रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सहभागी BICTE (सूचना प्रविधि) का विद्यार्थीहरूलाई सम्मान स्वरुप प्रमाणपत्र वितरण गरी समापन भएको हो।
    सैद्धान्तिक ज्ञानलाई व्यवहारमा जोड्ने प्रयास स्वरुप महालेखा नियन्त्रक कार्यालयद्वारा सञ्चालित ‘राजस्व पोर्टल सुत्र प्रणाली’लाई वडा तहसम्म प्रभावकारी रूपमा लागू गर्ने उद्देश्यले रत्ननगर नगरपालिका र वडा नं. ३ मा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसबीच द्विपक्षीय सम्झौता अनुसार क्याम्पसमा BICTE अध्ययनरत १६ जना विद्यार्थीहरूलाई २ दिने अभिमुखीकरण पश्चात् नगरका १६ वटै वडाहरूमा खटाइएको थियो।
    विद्यार्थीहरूले १५ कार्यदिनसम्म वडाहरूमा रहेका सम्पत्ति कर, भूमि कर तथा व्यवसाय करसम्बन्धी करदाताका अद्यावधिक विवरणहरू सुत्र (SUTRA) प्रणालीमा डिजिटल प्रविष्टि (Data Entry) गर्ने कार्य सम्पन्न गरेका हुन्।
    कार्यक्रममा बोल्दै नगर प्रमुख प्रलाद सापकोटाले शिक्षालाई व्यवहारिक र कर्मसँग जोड्नुपर्नेमा जोड दिनुभयो। “हाम्रो शिक्षा प्रणाली पढाइमा केन्द्रित भए पनि प्रयोगात्मक अभ्यासको कमीले रोजगारीमा चुनौती थपिएको बताउदै नगर प्रमुख सापकोटाले भन्नुभयो, “विद्यार्थीहरूले वडाहरूमा पुगेर नागरिक सेवाको प्रत्यक्ष अनुभव लिने र प्रविधि हस्तान्तरणमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनु भएको छ।
    यस्तै क्याम्पस प्रमुख दिलिप शर्माले सैद्धान्तिक ज्ञानलाई कार्यक्षेत्रको वास्तविक धरातलसँग जोड्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। साथै, विद्यार्थी युनिसा अधिकारीले इन्टर्नसिपले आफूहरूमा आत्मविश्वास, कार्यकुशलता र व्यावहारिक अनुभव अभिवृद्धि गरेको भन्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो।
    नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले स्वागत मन्तव्य राख्नु भएको समापन समारोहमा नगर उप-प्रमुख यादब प्रसाद पाठक, वडा नं. १० का वडा अध्यक्ष एवं आर्थिक विकास समिति संयोजक कलाधर पौडेल, जनप्रतिनिधिहरू, क्याम्पसका प्राध्यापक, मिडिया कर्मी तथा सहभागी विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम नगरपालिकाका राजस्व शाखा प्रमुख दिनेश चौधरीले संचालन गर्नुभएको थियो।

    Advertisement

    शुक्रबार, भदौ २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.