रोटरी क्लब अफ चितवन, कमलनगर बजार व्यवस्थापन समिति (कमलनगर नारायणगढ), बीवाईडी चितवन, लायन्स क्लब अफ नारायणगढ संगमचोक (डिस्ट्रिक्ट मोडल क्लब), लायन्स क्लब अफ नारायणगढ संगमचोक सञ्जीविनी तथा लायन्स क्लब अफ नारायणगढ प्रोफेसनलको संयुक्त आयोजनामा कमलनगर, नारायणगढ र बीवाईडी पार्क, गोन्द्राङमा संयुक्त रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
रोटरी क्लब अफ चितवनको तर्फबाट कार्यक्रमको संयोजन सदस्य रो. मनोज बरनवालले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहित रोटरीको परिचय तथा बाढि पहिरो प्रभावित लाई क्लबले गरिरहेको राहत वितरण तयारी बारे क्लबका प्रथम उपाध्यक्ष रो. इ. पुरन सुवेदीले बताउनु भएको थियो। कार्यक्रममा रक्तदानको महत्त्व, नियमित रक्तदानको आवश्यकता तथा मानवीय सेवामा स्वयंसेवी संस्थाहरूको भूमिकाबारे समेत चर्चा गरिएको थियो।
सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
दुवै स्थानमा गरि कार्यक्रममा १५१ पिन्ट रक्त संकलन गरिएको मनोनित अध्यक्ष रो. गोपाल भट्टराईले बताउदै क्लब संकलित रक्तले आवश्यकता परेका बिरामीहरूलाई समयमै रक्त उपलब्ध गराउन सहयोग पुग्नुका साथै रक्त अभावका कारण उपचारमा आउन सक्ने कठिनाइलाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास विश्वास लिइएको जानकारी दिनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ चितवनका पूर्व अध्यक्षहरु रो. टीकाराम कँडेल, रो. उत्तम लाल चुके, रो. रोशन पिया, रो भानु शर्मा मनोनित अध्यक्ष रो. गोपाल भट्टराई, प्रथम उपाध्यक्ष रो. ई. पुरन सुवेदी, द्वितीय उपाध्यक्ष रो. शाङ्ग्रिला श्रेष्ठ, सचिव रो. रोशन खरेल, कोषाध्यक्ष रो. योगिता पिया, सह सचिब रो कविता चुके, रो. निरज खनाल, सार्जेन्ट एट आर्म्स रो जनक कुमार ढकाल सह– सम्पादक रो. अच्युत न्यौपाने तथा सदस्य रो. मनोज बरनवाल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा पूर्व अध्यक्ष रो. रोशन पिया, श्रेष्ठ, सचिव रो. रोशन खरेल, कोषाध्यक्ष रो. योगिता पिया, सदस्य रो. मनोज बरनवालले समेत स्वयं रक्तदान गरी मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नुभएको थियो ।
“तपाईंको रक्तले एउटा जीवन बचाउन सक्छ” भन्ने सन्देशका साथ सम्पन्न कार्यक्रमले रक्तदानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नियमित रक्तदानका लागि समुदायलाई प्रेरित गरेको छ ।
रोटरी क्लब अफ चितवन तथा सहभागी सम्पूर्ण संस्थाहरूको संयुक्त प्रयासमा सम्पन्न यस रक्तदान कार्यक्रमले सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक सहकार्यको भावनालाई थप मजबुत बनाएको छ।




