• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने


  •   बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघको संरक्षकत्वमा चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा हरितालिका तीजको अवसर पारेर २०८३ भाद्र १९, २० र २१ गते चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने “चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला–२०८३” को नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय सोविता गौतमबाट उद्घाटन हुने भएको छ ।
    तीज मनाउने सन्दर्भमा दर खाने नाममा हुने गरेका विकृति, विसंगति न्यूनिकरण गरी पर्वहरुका माध्यमबाट उद्यमशिलताको विकासमा सघाउ पु¥याउने, स्वदेशमा नै गरिखान्छु भनी लागेका महिला उद्यमीहरुलाई दिगो उद्यमशिलताको लागि मानसिक रुपमा तयार हुन थप हौसला प्रदान गर्ने र पर्वलाई समेत उद्यमशिलतामा जोड्न सकिन्छ भन्ने सन्देश दिनका लागि यस प्रदर्शनी तथा व्यापार मेला सहयोगी हुने विश्वास लिइएको चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिनुभयो ।
    महिला उद्यमीलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, स्थानीय तथा स्वदेशी उत्पादनको बजारीकरण र ब्रान्ड प्रवद्र्धन गर्ने, महिला उद्यमीबीच अनुभव, ज्ञान र सीप आदान–प्रदान गर्ने, नयाँ उद्यमीका लागि व्यवसायिक अवसर र नेटवर्किङ सिर्जना गर्ने, महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बन्न प्रेरित गर्ने, तीज पर्वलाई मनोरञ्जनसँगै उद्यमशीलता र आर्थिक गतिविधिसँग जोड्ने र तीजको किनमेलदेखि उत्सवसम्म एउटै छानामुनी हुने यस मेला पर्व, संस्कृति र उद्यमशिलताको अद्भुत संगमको रुपमा रहने घिमिरेको भनाई छ ।
    प्रदर्शनीमा बंगलादेशबाट गार्मेन्ट, छालाजन्य उत्पादनका २० भन्दा बढी स्टलहरुको छुट्टै प्याभिलियन रहनेछ । भने नेपालको स्थानीय हस्तकला, रैथाने उत्पादन, तीज विशेष सामाग्री, कपडा, जुत्ता–चप्पल, बुटिक, गरगहना (ज्वेलरी), गिफ्ट आइटम, खाद्य परिकार, मेहन्दी, सौन्दर्य सामाग्री, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स कम्पनी, कृषिजन्य उत्पादन तथा विभिन्न परिकारका खानाका स्टलहरु र नवप्रवर्तन सम्बन्धी कुल १०० भन्दा बढी स्टलहरू रहने चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेलले जानकारी गराउनु भयो ।
    प्रदर्शनीको माध्यमबाट नेपाली उत्पादनलाई छिमेकी राष्ट्रको बजारमा प्रवद्र्धन गर्ने, उद्यमी तथा व्यवसायीबीच व्यापारिक साझेदारी र बिटुबि सम्बन्ध विस्तार गर्ने, नयाँ लगानी, प्रविधि र व्यवसायिक सहकार्यका अवसर, नेपाली मौलिक उत्पादन, हस्तकला, कृषि तथा औद्योगिक वस्तुको निर्यात प्रवद्र्धनका साथै दीर्घकालीन रूपमा नेपाल र बंगलादेशबीच व्यापारिक सम्बन्ध र आर्थिक सहकार्य थप मजबुत बनाउने अपेक्षा समेत लिईएको पौडेलले बताउनुभयो ।
    तीजलाई खर्चिलो तथा मनोरञ्जनात्मक पर्वका रूपमा नभई हाम्रा धार्मिक पर्व र संस्कृतिको संरक्षण गर्दै महिला सिर्जनशीलता, उत्पादन, स्वरोजगार र आर्थिक सशक्तीकरणको अवसरका रूपमा लिइएको एक्स्पोको पहिलो दिन कृष्ण भजन प्रतियोगिता, दोश्रो दिन ‘उद्यमशीलता र रोजगार, प्रवद्र्धनमा स्थानीय सरकार’ विषयक तीज गीत प्रतियोगिता आयोजना हुँदैछ । दुबै प्रतियोगितामा प्रथम हुने समूहलाई रु२५,०००।–, द्धितीय हुने समूहलाई २०,०००।– र तृतीय हुने समूहलाई १५,०००।– र सान्त्वनालाई रु ७,०००।– नगद पुरस्कार व्यवस्था गरिएको छ ।
    निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा २० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र करीब १ करोडको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोमा प्रदर्शकको रुपमा सहभागी हुन चाहने व्यक्ति वा संघ–संस्थाले आफ्नो उत्पादन तथा सेवाको स्टल राख्न सक्नेछन् भने एक्स्पोमा प्रायोजक, सह–प्रायोजकको रुपमा इच्छुक विभिन्न उद्योग प्रतिष्ठानले समेत सहकार्य गर्न सक्नेछन् ।
    प्रदर्शनी तथा व्यापार मेलामा बंगलादेश–नेपाल चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको सहकार्य रहेको छ । भने, मेलाको प्रायोजकमा बोटलर्स नेपाल (तराई) लि., फूड एण्ड स्न्याक्स् पार्टनरमा रिजाल फूड एण्ड वेभरेजेज प्रा.लि., बैकिङ्ग पार्टनरमा सानिमा बैंक रहेका छन् । त्यस्तै मेलाको प्रबद्र्धकको रुपमा नेपाल उद्योग परिसंघ महिला नेतृत्व फोरम, नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति, भरतपुर महानगरपालिका, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवन, चितवनका सम्पूर्ण स्थानीय पालिकाहरु र भरतपुर महानगरपालिकाभित्रका वडाहरुको समेत प्रबद्र्धन सहयोगमा स्टलहरु रहनेछन् ।
    वि.सं.२०८० सालदेखि शुरु भएको यस एस्क्पो चौथो श्रृंखलासम्म आईपुग्दा यो वर्ष विदेशी स्टलहरुको सहभागिता सहित अन्तर्राष्ट्रियस्तरको हुँदै जानुले महिला उद्यमीहरुलाई थप हौसला प्रदान गरेको आयोजकको दावी छ ।

    Advertisement

    बुधबार, भदौ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.