• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज

  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
  • चितवन/लामो समयदेखि भरतपुर महानगरपालिकाभित्र स्थानीय पाठ्यक्रम विषयको पठनपाठनमा देखिँदै आएको अन्योल अन्त्य भएको छ । भरतपुर महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन–अध्यापन हुने स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तकले महानगरपालिकाबाट स्वीकृति पाएपछि शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापनलाई पठनपाठन सञ्चालन गर्न सहज भएको हो ।
    भरतपुरस्थित ब्रदर्स पब्लिकेसनद्वारा प्रकाशित कक्षा १ देखि ८ सम्मका स्थानीय पाठ्यक्रमसम्बन्धी पाठ्यपुस्तकलाई भरतपुर महानगरपालिकाले स्वीकृति प्रदान गरेको छ । स्वीकृत पाठ्यपुस्तक प्रयोगमा आएपछि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय विषयको पठनपाठनमा एकरूपता कायम हुने अपेक्षा गरिएको छ । यसअघि विद्यालय तथा शिक्षकहरूले पाठ्यक्रमका विषयवस्तुका आधारमा विभिन्न सन्दर्भसामग्री खोजी गरी पठनपाठन गराउँदै आएका थिए ।
    स्थानीय अङ्कुरम् एकेडेमीमा स्थानीय पाठ्यक्रम अध्यापन गराउँदै आएकी शिक्षिका पवित्रा खनालले पाठ्यपुस्तक प्रकाशन भएर आधिकारिकरूपमा स्वीकृति प्राप्त भएपछि शिक्षण कार्य थप व्यवस्थित र सहज भएको बताइन् । उनका अनुसार यसअघि एउटै विषयका लागि पर्याप्त तथा एकीकृत पाठ्यसामग्रीको अभाव हुँदा शिक्षकहरूले आवश्यक सन्दर्भसामग्री खोज्न अतिरिक्त समय खर्च गर्नुपथ्र्यो । विद्यालयअनुसार फरक सामग्री प्रयोग हुने भएकाले विषयवस्तुको प्रस्तुतीकरणमा समेत एकरूपता कायम गर्न चुनौती थियो । अब स्वीकृत पाठ्यपुस्तक उपलब्ध भएपछि ती समस्या हट्ने उनको विश्वास छ ।
    रङ्गीन कलेवर र आकर्षक डिजाइनमा प्रकाशित पाठ्यपुस्तकहरूमा स्थानीय परिवेशलाई प्राथमिकताका साथ समेटिएको छ । पुस्तकको मूल्य कक्षा १ र २ का लागि रु. १९५, कक्षा ३ का लागि रु. २०५, कक्षा ४ का लागि रु. २४०, कक्षा ५ र ६ का लागि रु. २४६, कक्षा ७ का लागि रु. २५८ तथा कक्षा ८ का लागि रु. २५५ कायम गरिएको छ ।
    पाठ्यपुस्तकमा भरतपुर महानगरपालिका तथा चितवन जिल्लाका पर्यटकीय र धार्मिक स्थल, चितवनको इतिहास, स्थानीय रीतिरिवाज, धर्म–संस्कृति, जनसंख्या, शैक्षिक तथा आर्थिक अवस्था र प्राकृतिक स्रोतसम्बन्धी विषयवस्तु समेटिएका छन् । तस्बिर, चित्र, शीर्षक तथा उपशीर्षकहरूलाई समेत रङ्गीन रूपमा प्रस्तुत गरिएको छ ।
    चितवनसँगै तनहुँका केही भूभागको परिचयसमेत समेटिएको उक्त पाठ्यक्रम होमनाथ न्यौपाने, बेलराम गौतम तथा अर्जुन के. बरुवालले लेखेका हुन् भने पाठ्यपुस्तकको आवरण डिजाइन भिभिद क्रिएसन, काठमाडौँले गरेको हो । स्थानीय इतिहास, भूगोल, संस्कृति र पहिचानसँग विद्यार्थीलाई प्रत्यक्षरूपमा जोड्ने उद्देश्यले तयार गरिएको यो पाठ्यपुस्तकले स्थानीय शिक्षाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ ।

    Advertisement

    बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.