• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

माडीमा आधुनिक सौन्दर्य सेवाको नयाँ गन्तव्य ‘न्यू लुक युनिसेक्स सलुन’ सञ्चालनमा

  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • चितवनको माडी नगरपालिका–३ बसन्तपुरस्थित हस्पिटल रोडमा आधुनिक सौन्दर्य सेवासहित ‘न्यू लुक युनिसेक्स सलुन’ सञ्चालनमा आएको छ। सलुनको उद्घाटन माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतोले रिबन काटेर गर्नुभएको हो। सलुनका सञ्चालक ३१ वर्षीय भरत बहादुर स्वाँर हुन्। सुदूरपश्चिमको कैलाली घर भएका स्वाँर रोजगारी तथा व्यवसायको सिलसिलामा माडी आइपुग्नुभएको हो। माडीमा चार वर्षदेखि फिजियोथेरापी सेवा सञ्चालन गर्दै आउनुभएका स्वाँरले पछिल्लो समय सौन्दर्य क्षेत्रमा समेत लगानी विस्तार गर्दै ‘न्यू लुक युनिसेक्स सलुन’ सञ्चालनमा ल्याउनुभएको छ । करिब १० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सलुनले हाल पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। स्वदेशमै बसेर केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ युवा उमेरमै व्यवसायमा सक्रिय हुनुभएका स्वाँरले स्थानीयस्तरमै आधुनिक तथा गुणस्तरीय सौन्दर्य सेवा उपलब्ध गराउने लक्ष्य राख्नुभएको छ। सलुनमा महिला, पुरुष तथा बालबालिकाका लागि हेयर कट, हेयर कलर, केराटिन, फेसियल, मेकअप, ब्राइडल मेकअप, हेड मसाज, थ्रेडिङ, स्मुथनिङ लगायतका आधुनिक सौन्दर्य सेवाहरू उपलब्ध छन्। माडीका सेवाग्राहीलाई गुणस्तरीय सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सलुन सञ्चालनमा ल्याइएको सञ्चालक स्वाँरले बताउनुभयो। “युवाहरूले स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने सोचका साथ व्यवसायमा लाग्नुपर्छ भन्ने मेरो उद्देश्य हो,” स्वाँरले भन्नुभयो, “स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै माडीमै गुणस्तरीय र आधुनिक सेवा दिन सकियोस् भनेर यो व्यवसाय सुरु गरेको हुँ।” स्वाँरका अनुसार सलुनमा प्रयोग हुने औजार तथा उपकरणलाई निर्मलीकरण गरेर मात्र प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। ग्राहकको स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राख्दै सरसफाइ र स्वच्छतालाई विशेष ध्यान दिइएको उहाँले बताउनुभयो। नयाँ सलुन सञ्चालनको अवसरमा सेवाग्राहीका लागि एक महिनासम्म विशेष अफर समेत उपलब्ध गराइने सञ्चालक स्वाँरले जानकारी दिनुभयो। व्यवसायसँगै युवालाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउँदै स्वाँरले स्थानीय सरकारले युवाहरूलाई समय–समयमा सीपमूलक तथा व्यावसायिक तालिम उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार सीप सिकेका युवाले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न सके रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता पनि केही हदसम्म घटाउन सकिन्छ। सलुन उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, जनप्रतिनिधि, सुरक्षाकर्मी, शुभेच्छुक तथा स्थानीयवासीको सहभागिता रहेको थियो। नयाँ व्यवसायको सुरुवातसँगै माडीमा आधुनिक सौन्दर्य सेवाको दायरा थप विस्तार भएको छ।

    Advertisement

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.