• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित


  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
  • कालिका/कालिका ओपन स्काउट क्र्यु (KOSC) को दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम–२०८३ विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कालिका नगरपालिका वडा नम्बर-७स्थित पृथ्वी माध्यमिक विद्यालयमा आयोजित सो कार्यक्रममा स्काउटिङ गतिविधि, सामाजिक सेवा तथा नेतृत्व विकासमा योगदान पुर्‍याउने १३ जना रोभर–रेन्जरलाई विभिन्न विधामा सम्मान गरिएको छ। कार्यक्रममा क्र्युमा आबद्ध नयाँ १४ जना रोभर–रेन्जरलाई स्वागतसमेत गरिएको थियो।

    Advertisement

    कालिका ओपन स्काउट क्र्युका अध्यक्ष स्काउटर सेवक अधिकारी ‘निर्मिश’को अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगर स्काउटका निवर्तमान प्रमुख आयुक्त स्काउटर रचना लामा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    कार्यक्रममा कालिका ओपन स्काउट क्र्युका सल्लाहकार समिति प्रमुख तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सन्तोष बस्ताकोटी, युवाहरूको ढुकढुकी तथा समाजसेवी रमेशजंग थापा र कालिका डाइनामिक स्काउट क्र्युका संस्थापक अध्यक्ष रोभर लिडर बाबुराम अर्याल विशिष्ट अतिथिका रूपमा रहेक थिए।

    कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षक बस्ताकोटीले स्काउटिङलाई पोशाक, परेड र औपचारिक गतिविधिमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने कालिका ओपन स्काउट क्र्युको प्रयास प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता गतिविधिले स्थानीय युवालाई स्वयंसेवा, नेतृत्व, अनुशासन र विपद् व्यवस्थापनजस्ता व्यवहारिक सीपतर्फ आकर्षित गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो।

    स्काउटिङको मूल उद्देश्य बालबालिका तथा युवामा अनुशासन, नेतृत्व, स्वयंसेवा, विपद् व्यवस्थापन, सामाजिक उत्तरदायित्व र राष्ट्रसेवाको भावना विकास गर्नु रहेको बताउँदै उहाँले स्थानीय तहले स्काउटलाई सामाजिक अभियानमा प्रभावकारी साझेदारका रूपमा परिचालन गर्न सक्ने धारणा राख्नुभएको थियो।

    समाजसेवी रमेशजंग थापाले स्काउटहरूले सुसंस्कृत र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आगामी दिनमा स्काउटको समग्र विकासका लागि नगरपालिकाले अझ सशक्त रूपमा सहयोग गर्नुपर्ने बताउनुभयो। “युवाहरू देशका महत्वपूर्ण आधार भएकाले उनीहरूको क्षमता अभिवृद्धि र समग्र विकासमा आफूले आवश्यक जुनसुकै सहयोग गर्नेछु,” उहाँले भन्नुभयो।

    कार्यक्रममा क्र्युका उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो। पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषराज पाण्डे, प्रधानाध्यापक सूर्यप्रसाद तिवारी, सहपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमनाथ अधिकारी, श्री आधारभूत विद्यालय नमुनाटोलका प्रधानाध्यापक बसन्तराज पौडेल र सल्लाहकार सदस्य राजु पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।

    त्यस्तै, कालिका युथका अध्यक्ष तथा कालिका ओपन स्काउट क्र्युका कोषाध्यक्ष सन्दीप केसी, कालिका युथकी उपाध्यक्ष अंकिता अधिकारी र वडा फोकल इन्चार्ज अञ्जली अधिकारीले स्काउटिङ अभियानमा आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा रोभर तथा रेन्जरहरूले मौलिक नृत्य तथा गायनसमेत प्रस्तुत गरेका थिए।

    पृथ्वी स्काउट ट्रुप, नमुना स्काउट ट्रुप, सहपुर स्काउट ट्रुप र रेडक्रसग्राम स्काउट ट्रुपका स्काउटसहित करिब १५० जनाको सहभागिता रहेको कार्यक्रममा क्र्युका उत्कृष्ट १३ जना रोभर–रेन्जरलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

    जस अन्तर्गत,रोभर विमल सुबेदी KOSC Rising Star Award,

    रेन्जर ए.एसटिएम सपना पण्डित KOSC Rising Star Award,निवर्तमान रेन्जर एसटिएम अमिशा दोङ KOSC Pride of Discipline Award,रेन्जर एसटिएम सुश्री आशिका KOSC Scouting Spirit Award र क्र्यु सहजकर्ता प्रमुख आयुष पाठक KOSC Scout Icon Award प्रदान गरिएको थियो। त्यस्तै,रेन्जर एसटिएम सन्ध्या तामाङ KOSC Inspirational Member Award,रोभर रमित परियार KOSC Teamwork and Coordination Award,क्र्यु इन्चार्ज सफल खनाल KOSC Pride and Contribution Award र रेन्जर रोशनी रिजाल गुरुङ KOSC Outstanding Contribution Award बाट सम्मानित भएका थिए भने रोभर सागर परियार KOSC Leadership Excellence Award,रोभर एसटिएम अयान तामाङ KOSC Spirit of Service Award,रोभर ए.एसटिएम राजेश पौडेल KOSC Spirit of Service Award र निवर्तमान इन्चार्ज स्काउटर विशाल दराई KOSC Action Hero: Adventure & Skills Award बाट सम्मानित भएका थिए।

    कार्यक्रममा क्र्युका अध्यक्ष तथा स्काउटर सेवक अधिकारीले क्र्युको दुई वर्षको समग्र आय–व्यय तथा आर्थिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले आगामी भदौमा नगरस्तरीय क्याम्प तथा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी गराउनुभएको थियो।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि स्काउटर रचना लामाले फूलको गमलामा पानी हालेर गर्नुभएको थियो। सो अवसरमा केक काटेर क्र्युको दोस्रो वार्षिकोत्सवसमेत मनाइएको थियो।

    सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.