• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

महिला पत्रकारहरूबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न


  •   बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
  • भरतपुर/नारायणगढ लेडी जेसीजले ‘जेसीज सप्ताह ‘२०२६’ अन्तर्गत बुधबार महिला पत्रकारहरूबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ। सप्ताहब्यपी भएको कार्यक्रमको अन्तिम दिनमा भरतपुर–२, क्षेत्रपुरस्थित क्षेत्रपुर फुटसल  प्रतियोगितामा रेडियो टोलीले अनलाइन मिडिया टोलीलाई ४–१ गोलअन्तरले पराजित गरेको छ।

    Advertisement

    रेडियो टोलीका लागि जिविका श्रेष्ठ र करिष्मा गुरुङ्गले २/ २गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। यस्तै, अनलाइन मिडिया टोलीका तर्फबाट पुनम मगरले १ गोल फर्काइन्। प्रतियोगिताको समापनसँगै विजेता तथा सहभागी टोलीलाई पुरस्कार वितरण गरिएको थियो। प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, नारायणगढ लेडी जेसीजका अध्यक्ष संगीता थापा लगायतले विजेता रेडियो टोलीलाई ट्रफी, पदक (मेडल) तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगितामा सहभागी अनलाइन मिडिया टोलीलाई पनि पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ।

     +”Strong Women Makes Stronger Nation” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको उद्देश्य महिला पत्रकारहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत स्वास्थ्य, एकता र महिला सशक्तीकरणको सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले पत्रकारहरू सधैं कलम र क्यामेरा बोकेर व्यस्त रहने भएकाले उनीहरूलाई खेलकुदमार्फत उत्साहित बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताएका छन्।

    नारायणगढ लेडी जेसीजद्वारा आयोजित महिला पत्रकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको समापन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष कार्कीले पत्रकारको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद महत्त्वपूर्ण हुने उल्लेख गरे। उनले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले पत्रकारहरूबीच आपसी सम्बन्ध, सहकार्य र भाइचाराको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

    उनले समाजका विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित नारायणगढ लेडी जेसीजले सञ्चालन गर्दै आएका कार्यक्रमको प्रशंसा गर्दै सामाजिक उत्तरदायित्वका यस्ता गतिविधि निरन्तर सञ्चालन हुनुपर्ने बताए। खेलकुदले अनुशासन, नेतृत्व क्षमता र टीम भावना विकास गर्ने भएकाले यस्ता प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ थियो।

    सञ्चारिका समूह चितवनकी संस्थापक अध्यक्ष सिर्जना अर्यालले महिला पत्रकारहरूलाई एकै ठाउँमा ल्याई खेलकुदमार्फत आपसी सम्बन्ध सुदृढ बनाउन नारायणगढ लेडी जेसीजले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सकारात्मक र उदाहरणीय पहल भएको बताइन्। उनले पत्रकारिता जस्तो व्यस्त र चुनौतीपूर्ण पेशामा आबद्ध महिला पत्रकारका लागि यस्ता कार्यक्रमले मानसिक तथा शारीरिक रूपमा ऊर्जा प्रदान गर्नुका साथै आपसी एकता, सहकार्य र मित्रतालाई अझ मजबुत बनाउने उल्लेख गरिन्।

    आगामी दिनमा पनि महिला पत्रकारको क्षमता विकास, स्वास्थ्य प्रवर्द्धन तथा पेशागत सम्बन्ध विस्तार गर्ने यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै आयोजक नारायणगढ लेडी जेसीजप्रति धन्यवाद व्यक्त गरिन्। नारायणगढ लेडी जेसीजले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक तथा सशक्तीकरणमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। जेसीज सप्ताह–’२०२६’ का अवसरमा पनि सामाजिक, नेतृत्व विकास तथा समुदायमुखी गतिविधिहरू सञ्चालन गरिएको छ।

    कार्यक्रमको समन्वय सञ्चारिका समूह, चितवनले गरेको थियो भने संयोजन जेसी बिजया मानन्धरले गरेका थिए । नारायणगढ लेडी जेसीजकी अध्यक्ष संगीता थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाकी उपाध्यक्ष शान्ता अधिकारी, सञ्चारिका समूह चितवनकी अध्यक्ष गीता गुरुङ्ग, नारायणगढ लेडी जेसीजका पूर्व अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरू, महिला पत्रकारहरू, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नारायणगढ लेडी जेसीजकी महासचिव वर्षा श्रेष्ठले गरेकी थिइन्।

    बिहिबार, साउन २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.