• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

जलवायु अनुकूलनशील कोदोको महत्व उजागर गर्दै राष्ट्रिय स्तरमा भव्य कार्यक्रम सम्पन्न


  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
  • नेपालमा शताब्दीयौँदेखि विभिन्न जातजाति तथा समुदायले खेती, संरक्षण तथा उपभोग गर्दै आएको कोदो नेपालको महत्वपूर्ण रैथाने अन्नबाली हो। विशेषगरी पहाडी क्षेत्रमा मकैपछि प्रमुख बालीका रूपमा खेती गरिने कोदो नेपाली कृषि प्रणाली, खाद्य संस्कृति, परम्परा तथा ग्रामीण जीवनसँग गहिरो रूपमा जोडिएको छ।
    कोदो पौष्टिक, खडेरी सहनशील तथा जलवायु परिवर्तन अनुकूलन क्षमतायुक्त अन्नबालीका रूपमा परिचित छ। यसमा मानव स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्वहरू पाइन्छन्। उपलब्ध तथ्याङ्कअनुसार कोदोमा करिब ७६.३२ प्रतिशत कार्बोहाइड्रेट, ९.२ प्रतिशत प्रोटिन, ६.१ प्रतिशत खनिज पदार्थ तथा १.३ प्रतिशत चिल्लो पदार्थ पाइन्छ।

    Advertisement

    कम उर्वराशक्ति भएका जमिन तथा सीमित कृषि स्रोत भएका क्षेत्रमा समेत उत्पादन गर्न सकिने कोदो खाद्य तथा पोषण सुरक्षाका दृष्टिले अत्यन्त महत्वपूर्ण बाली हो।जलवायु परिवर्तनका कारण कृषि उत्पादन प्रणालीमा देखिएका चुनौतीबीच कोदो जस्ता खडेरी सहनशील तथा जलवायु अनुकूलनशील बालीहरूको संरक्षण, उत्पादन तथा प्रवर्द्धनको आवश्यकता अझ बढ्दै गएको छ।
    नेपालको कृषि जैविक विविधता तथा मौलिक खाद्य प्रणालीमा कोदोको विशेष स्थान रहेको छ। कोदो, कागुनो, धानकोदो, सामा, घोगे, चिना, जुनेलो लगायतका रैथाने अन्नबालीहरूले नेपालको विविध कृषि प्रणाली र खाद्य संस्कृतिलाई समृद्ध बनाएका छन्। यी बालीहरू सामाजिक, सांस्कृतिक, आर्थिक तथा वातावरणीय दृष्टिले समेत महत्वपूर्ण छन्।यिनै रैथाने अन्नबालीहरूको संरक्षण, प्रवर्द्धन, उत्पादन, प्रशोधन, बजारीकरण तथा उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ विविध कार्यक्रमका साथ मनाइएको छ।
    यस अवसरमा “कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन” भन्ने मूल नाराका साथ आज श्रावण १५ गते, शुक्रबार काठमाडौंको धापासीस्थित रैथाने एग्री प्रडक्ट्स नेपाल को कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।कार्यक्रमको उद्घाटन टोखा नगरपालिका–४ का ८२ वर्षीय ज्येष्ठ नागरिक रामप्रसाद खतिवडाबाट गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल सहभागी हुनुहुन्थ्यो।त्यसैगरी वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशी, गोरखाको नुम्ब्री गाउँपालिकाका अध्यक्ष निमा लामा, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल, टोखा नगरपालिका–४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।

    कार्यक्रमअन्तर्गत “कोदोबालीको अवस्था, चुनौती र अवसर” विषयमा वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतिपछि सहभागीहरूले विभिन्न जिज्ञासा राखेका थिए। अन्तरक्रिया तथा छलफल कार्यक्रम दिउँसो १:०० बजेदेखि सञ्चालन गरिएको थियो। कार्यक्रममा वक्ताहरूले कोदोको महत्व, रैथाने कृषि, स्थानीय सीप, ज्ञान, प्रविधि तथा कोदोका परिकारहरूको प्रवर्द्धनमा सबैको साझा योगदान आवश्यक रहेकोमा जोड दिएका थिए।यसै अवसरमा रैथाने कृषि बजार तथा मौलिक नेपाली खाना परिकार मेला बिहान ११:०० बजेदेखि सञ्चालन गरिएको थियो। मेलामा कोदो तथा अन्य रैथाने अन्नबालीबाट उत्पादित खाद्य सामग्री, कृषि उपज तथा मौलिक नेपाली परिकारहरूको प्रदर्शनी तथा बिक्री गरिएको थियो। साथै, रैथाने बीउहरूको प्रदर्शनीले स्थानीय बीउको संरक्षण, प्रवर्द्धन तथा आदान–प्रदानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।रैथाने कृषि तथा स्थानीय खाद्य प्रणालीको संरक्षण र प्रवर्द्धनमा पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्‍याएका चार जना पत्रकारलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो।
    कार्यक्रममा शिक्षक, विद्यार्थी, पत्रकार, पर्यटन व्यवसायी, किसान, व्यापारी, उद्यमी, उपभोक्ता तथा विभिन्न सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा करिब १,००० जना सहभागी भएका थिए भने कृषि मेला तथा प्रदर्शनीमार्फत करिब रु. ५ लाख बराबरको कारोबार भएको थियो।

    रैथाने एग्री प्रडक्ट्स नेपालका अध्यक्ष तिलक ढकालले स्वागत मन्तव्य तथा कार्यक्रमबारे जानकारी गराउँदै कोदो तथा अन्य रैथाने बालीहरूको संरक्षण र प्रवर्द्धनलाई खाद्य तथा पोषण सुरक्षा, कृषि जैविक विविधता संरक्षण, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा दिगो कृषि विकाससँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

    उहाँले कोदो केवल एउटा अन्नबाली मात्र नभई नेपालको कृषि इतिहास, मौलिक खाद्य संस्कृति, जैविक विविधता तथा स्थानीय जीवनशैलीसँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षण र प्रवर्द्धन किसान, उपभोक्ता, सरकार, निजी क्षेत्र, अनुसन्धान संस्था, विकास साझेदार तथा आम नागरिक सबैको साझा जिम्मेवारी भएको बताउनुभयो।कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न टोखा नगरपालिका, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय जीन बैंक, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO), विश्व प्रकृति संरक्षण नेपाल (WWF Nepal) तथा रैथाने संरक्षण नेपालको सहकार्य रहेको आयोजकले जनाएको छ।

    शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.