• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

सामाजिक सेवाका क्षेत्रमा सञ्चारकर्मीको भूमिकाबारे छलफल


  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित
  • चितवन/सञ्चारिका समूह चितवन तथा इनर ह्विल क्लब अफ भरतपुर सिटीको संयुक्त आयोजनामा “सामाजिक कार्यमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया तथा मेहेन्दी कार्यक्रम भएको छ।कार्यक्रममा पत्रकारहरूले सामाजिक उत्तरदायित्व, जनचेतना अभिवृद्धि, महिला सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा सञ्चारकर्मीको भूमिकाबारे छलफल गरेका थिए।

    Advertisement

    कार्यक्रममा बोल्दै इनर ह्विल क्लब अफ भरतपुर सिटीकी संस्थापक अध्यक्ष  तथा प्रमख अतिथि शोभा गौतमले सामाजिक सेवामूलक अभियानलाई जनसमुदायसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताइन्। क्लबले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा विभिन्न सामाजिक क्षेत्रमा सञ्चालन गरेका गतिविधिलाई सञ्चारमाध्यमले व्यापक रूपमा दर्शक तथा समुदायसम्म पुर्‍याएकै कारण ती अभियानले थप प्रभावकारिता पाएको उनको भनाइ थियो। आगामी दिनमा पनि सामाजिक कार्यमा सञ्चारकर्मी र सामाजिक संस्थाबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिइन्।

    कार्यक्रममा बोल्दै इनर ह्विल क्लब अफ भरतपुर सिटीकी अध्यक्ष लक्ष्मी खड्काले सामाजिक सेवामूलक अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले पत्रकारिता समाचार सम्प्रेषणमा मात्र सीमित नभई समाजमा सकारात्मक परिवर्तन ल्याउने सशक्त माध्यम भएको धारणा राखेका थिए। उनले सामाजिक संस्था र सञ्चारकर्मीबीचको सहकार्यले सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

    कार्यक्रममा बोल्दै इनर ह्विल क्लब अफ भरतपुर सिटीकी निवर्तमान अध्यक्ष मीना गुरुङले सामाजिक रूपान्तरणका लागि सञ्चारमाध्यम र सामाजिक संस्थाबीचको सहकार्य अपरिहार्य रहेको बताइन्। उनले पत्रकारहरूले समाजमा भइरहेका सकारात्मक गतिविधिलाई प्राथमिकताका साथ उजागर गर्दा सामाजिक सेवामा थप उत्साह र प्रेरणा मिल्ने उल्लेख गरिन्।

    सञ्चारिका समूह चितवनकी अध्यक्ष गीता गुरुङले पत्रकारको सामाजिक भूमिका महत्वपूर्ण रहेको बताएकी छन्। अध्यक्ष गुरुङले पत्रकारको काम समाचार सम्प्रेषणमा मात्र सीमित नभई समाजमा सत्य सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सकारात्मक सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका रहने बताइन्। उनले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तीकरण, बालअधिकार, मानवअधिकार, रक्तदान, सरसफाइ तथा विपद् व्यवस्थापनजस्ता सामाजिक अभियानलाई सफल बनाउन पत्रकारको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिन्।

    उनले समाजमा रहेका विकृति, विसंगति, भ्रष्टाचार, हिंसा र अन्यायलाई उजागर गर्दै सामाजिक न्याय स्थापना गर्न पत्रकारिताले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताइन्। साथै, विपद्का समयमा सही सूचना प्रवाह, अफवाह नियन्त्रण तथा राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन पत्रकारको भूमिका अत्यन्त जिम्मेवार हुने उनको भनाइ थियो।

    कार्यक्रममा सञ्चारिका समूह चितवनका पदाधिकारी, सदस्य तथा इनर ह्विल क्लब अफ भरतपुर सिटीका पुर्व अध्यक्षहरु सनुजा श्रेष्ठ र सीता श्रेष्ठ , सिटीका प्रतिनिधिहरू लगायतकोको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन समुहकी कोषाध्यक्ष अस्मिता पराजुलीले गरेका थिए। अन्तरक्रियापछि सहभागीबीच मेहेन्दी कार्यक्रम समेत आयोजना गरिएको थियो।

    आइतबार, साउन १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.