देवचुली/नेपाल सरकारले साउन १ गतेदेखि उपचार सेवामा ३ प्रतिशत समतामूलक कर लागू गरेपछि रजहर प्राकृतिक चिकित्सालयमा उपचार गर्न आउने विरामी थप आर्थिक भारमा परेका छन्। न्यून शुल्कमा प्राकृतिक उपचार सेवा प्रदान गर्दै आएको चिकित्सालयमा उपचार गराउन आउने बिरामीले अब उपचार, परीक्षण तथा अन्य सेवामा अतिरिक्त कर तिर्नुपरेपछि असन्तुष्टि व्यक्त गरेका छन्।
दिर्धरोगले थलिएका, अन्यत्र उपचार गरेर निको नभएका विरामी यहा आउने गर्दछन्। अन्यत्र उपचार गर्दा समय र पैसा सकिएपछि
उपचारका लागि चिकित्सालय पुगेका एक सेवाग्राहीले भने, “ अन्यत्र उपचार गर्दा कतैपनि निको भएन ,यहा उपचार हुन्छ भन्ने सुनेर आएको ,बिमार पनि निको भएको छ उपचार पद्धति राम्रो र प्रभावकारी रहेछ तर अहिले ३ प्रतिशत कर थपिएपछि उपचार खर्च बढेको छ।कर उठाए पनि स्वास्थ्य क्षेत्रमा नउठाए हुने नि यो सरकारले जनतालाई जिउदै मार्न खोजेको जस्तो भयो।दीर्घरोगी र न्यून आय भएका परिवारलाई यसले बढी असर गरेको छ।”
विरामीहरुको थप गुनासो छ नाफाभन्दा सेवामुखी उद्देश्यले सञ्चालित सामुदायिक स्वास्थ्य संस्थामा थप कर लगाउँदा सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच कमजोर हुने निश्चित छ। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले यस्ता सामुदायिक अस्पताललाई करको दायराबाट छुट दिन वा निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।





