शंकर अधिकारी
Advertisement
चितवन/राष्ट्रिय युवा संघ नेपाल, चितवन जिल्ला कमिटिले आज रत्ननगर स्थित ईकाे पार्कमा वृक्षाराेपण तथा प्रथम वैठक सम्पन्न गरेकाे छ। गत जिल्ला अधिवेशन मिति २०८३ असार ६ र ७ गते सम्पन्न भएपश्चात आज सम्पन्न प्रथम वैठकले कमिटिमा विभिन्न जिम्मेवारी र निर्णय गर्दै वृक्षाराेपण सहित वैठक सम्पन्न गरेकाे हाे। उत्तम सेढाईकाे अध्यक्षतामा सम्पन्न वैठकमा, संगठनका केन्द्रीय आर्थिक विभाग उपप्रमुख शिव ढकाल प्रमुख अतिथि, संगठनका वागमति प्रदेश अध्यक्ष हरिशरण जमरकट्टेल प्रमुख वक्ता, पार्टिका केन्द्र, प्रदेश र जिल्ला अध्यक्ष कमलराज पाठक, सचिव प्रकाश ढुगाना, पार्टि जिल्ला लेखा कमिटि अध्यक्ष शंकर अधिकारी लगायत पार्टि र संगठनका विभिन्न नेताहरुकाे उपस्थिति रहेकाे थियाे। वैठक संगठनका जिल्ला सचिव सन्देश पन्तले सञ्चालन गरेका थिए।






