• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न


  •   शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
  • काठमाडौं/सोफा हब काठमाडौं प्रा.लि.ले आफ्नो छैटौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सोफा हबलाई युवा उद्यमशीलता, स्वदेशी उत्पादन तथा सफल ब्रान्ड निर्माणको उदाहरणका रूपमा प्रशंसा गर्दै नेपालमै बसेर पनि सफल व्यवसाय निर्माण गर्न सकिने सन्देश दिएको बताए।
    उनले छोटो अवधिमै देशभर ११ वटा शाखामार्फत सेवा विस्तार गर्न सफल हुनु योजनाबद्ध व्यवस्थापन, गुणस्तरीय उत्पादन, ग्राहकप्रतिको प्रतिबद्धता तथा निरन्तर परिश्रमको परिणाम भएको उल्लेख गरे। साथै, हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना गरिएको फोम उद्योगले आयात प्रतिस्थापन, स्थानीय उत्पादन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    Advertisement

    अग्रवालले उद्योग तथा व्यापारको दिगो विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण तथा सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रका समस्या समाधान, स्वदेशी उद्योगको प्रवर्द्धन, स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न निरन्तर पहल गरिरहेको जानकारी दिए। उनले बजेट तथा मौद्रिक नीतिसम्बन्धी सुझाव सरकारसमक्ष प्रस्तुत गरिएको र प्रधानमन्त्रीसँगको भेटमा निजी क्षेत्रका समस्या, नीतिगत सुधार तथा आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको बताए। उनले ‘मेड इन नेपाल’ उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने दिशामा सोफा हब अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

    कार्यक्रममा कम्पनीका अध्यक्ष तारालाल धरेलले कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरूको निरन्तर साथ र विश्वासकै कारण सोफा हब छोटो समयमै स्थापित ब्रान्ड बन्न सफल भएको बताए। उनले जनकपुरमा कम्पनीको १२औँ शाखा सञ्चालनको तयारी पूरा भइसकेको र दाङमा पनि छिट्टै नयाँ शाखा विस्तार गरिने जानकारी दिए। गुणस्तरीय सेवा, ग्राहक सन्तुष्टि तथा नेपाली उत्पादनलाई प्राथमिकतामा राख्दै कम्पनी अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

    कार्यक्रममा आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले स्वदेशी उद्योगको विकासले स्थानीय उत्पादन, रोजगारी सिर्जना र समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए। निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिँदै उनले सोफा हबजस्ता नेपाली उद्योगले देशको अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे।

    त्यस्तै, वरिष्ठ पर्यटन व्यवसायी एवं समाजसेवी रामप्रसाद सापकोटाले चुनौतीपूर्ण परिस्थितिका बीच पनि सोफा हबले हासिल गरेको सफलता प्रेरणादायी रहेको बताए। उनले स्वदेशी उत्पादनको प्रवर्द्धन र गुणस्तरीय सेवामार्फत नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानमा सबै क्षेत्रको साथ आवश्यक रहेको उल्लेख गर्दै कम्पनीको आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हिमेश पन्त, काठमाडौं उद्योग वाणिज्य संघका महासचिव प्रेमहरि मैनाली, हास्य कलाकार सन्दीप क्षेत्री, स्थानीय जनप्रतिनिधि अनिल थापा तथा कन्टेन्ट क्रियेटर सम्राट अधिकारीले पनि शुभकामना व्यक्त गर्दै सोफा हबले कोभिड–१९ महामारी, आगलागीलगायत चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्दै छोटो समयमै नेपालको अग्रणी फर्निचर ब्रान्डका रूपमा आफूलाई स्थापित गर्न सफल भएको बताए।

    वार्षिकोत्सवका अवसरमा रातोपाटी डटकमका सहायक सम्पादक राजकुमार सिग्देललाई नगद २० हजारसहित सम्मान गरिएको थियो। साथै, कन्टेन्ट क्रियेटर भिडियो प्रतियोगितामा अनिश चापागाईं प्रथम हुँदै नगद एक लाख रुपैयाँ, टिम ४४४ द्वितीय हुँदै ५० हजार रुपैयाँ तथा सागर पाण्डे र श्रीजन श्रेष्ठ संयुक्त रूपमा तृतीय हुँदै जनही २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका थिए।

    कार्यक्रममा विभिन्न कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहेको थियो। कर्मचारी परिवार, उद्योगी-व्यवसायी, पत्रकार तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिताबीच वार्षिकोत्सव सम्पन्न भएको थियो।

    शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.