• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

घरभित्र जुत्ता लगाउनु उचित कि अनुचित?


  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित
  • पहिलोपटक आफ्नी भावी पत्नी सोफियाको घर पुग्दा पेड्या ट्रिफुनोभिच छक्क परे। घरको मुख्य द्वारबाट भित्र पस्दै गर्दा सोफियाले उनलाई जुत्ता नफुकाली प्रवेश गर्न सकिने बताइन्।

    Advertisement

    “तिमीहरू सुत्ने ठाउँमै जुत्ता लगाएर हिँड्छौँ… मलाई लाग्यो, ‘कस्तो नराम्रो कुरा!'”, उनले सम्झिए।

    सर्बियाका पेड्याको घरभित्र छिर्दा जुत्ता फुकाल्ने बानी थाहा पाउँदा अमेरिकामा हुर्किएकी सोफिया पनि त्यत्तिकै अचम्ममा परिन्।

    “मलाई चाहिँ के लाग्यो भने ‘के तिमी मेरो खुट्टाको गन्ध घरभरि फैलियोस् भन्ने चाहन्छौ?’ म त जुत्ता लगाइराख्छु’,” उनले भनिन्।

    कार्यस्थलमा खुसी रहन चाहनुहुन्छ? पाँच मिनेट हिँड्न जानुहोस्

    ‘उस्तै मात्रामा चुरोट खाने महिला र पुरुष: महिला बढी जोखिममा’

    यी दम्पतीका दुई भिन्न दृष्टिकोणले संसारभरि रहेको एउटा ठूलो सांस्कृतिक बहसलाई प्रतिबिम्बित गर्छन्। उनीहरूले पनि आफ्नो मतभेदबारे सामाजिक सञ्जालमा पोस्ट गरेपछि मात्र यो कुरा महसुस गरे।

    यी विषयसम्बन्धी उनीहरूको एउटा टिकटक भिडिओमा व्यापक टिप्पणीहरू आएका छन्, जसमा घरभित्र पेड्याले चप्पल लगाएका छन् भने सोफियाले जुत्ता लगाएकी छन्। कमेन्ट गर्नेमध्ये धेरैले कसको बानी बढी स्वच्छ हो भनेर बहस गरेका छन्।

    त्यसो भए सही को हो? घरभित्र जुत्ता लगाउँदा साँच्चै स्वास्थ्य जोखिममा पर्छ?

    यसको जबाफ खोज्न बीबीसी वर्ल्ड सर्भिस एउटा ‘माइक्रोबायोलजी’ प्रयोगशाला पुग्यो।

    विश्वव्यापी बहस

    तपाईँ घरभित्र हुँदा जुत्ता फुकाल्नुहुन्छ वा लगाइराख्नुहुन्छ भन्ने कुरा धेरै हदसम्म तपाईँ कुन देश वा संस्कृतिमा हुर्किनुभयो भन्नेमा निर्भर हुन सक्छ।

    मध्यपूर्व, एशिया र बाल्कन क्षेत्रका अधिकांश देशहरूमा घरभित्र जुत्ता लगाएर पस्नु असभ्य ठानिन्छ। त्यसको विपरीत, युरोप र अमेरिकाका कतिपय भागहरूमा पाहुनालाई जुत्ता फुकाल्न भन्नुलाई नै अशिष्ट ठान्ने पनि हुन सक्छ।

    जापानमा घरभित्र जुत्ता लगाउनेबारे अन्यत्रभन्दा केही कडा नियमहरू छन्। अधिकांश घरमा ‘गेनकन’ भनिने भिन्दै प्रवेशद्वार हुन्छ र त्यहाँबाट भित्र जुत्ता लगाउन पाइँदैन।

    अनिँदो बसेर विश्वकप हेर्दा स्वास्थ्यमा पर्ने प्रभाव

    राति एक्कासि ब्युँझिनुहुन्छ भने फेरि निदाउन यसो गर्नुस्

    यदि कोही आगन्तुकले जुत्ता फुकाल्न बिर्सिएमा “तत्काल कडा प्रतिक्रिया दिइन्छ,” एसओएएस यूनिभर्सिटी अफ लन्डनका एन्थ्रपलजी विषयका वरिष्ठ अध्यापक डा. फाबीओ गीगी भन्छन्, “‘हैन हैन, पर्खिनुस्, जुत्ता फुकाल्नुस्’ भनेर तत्काल तपाईँलाई रोक्छन्।”

    उनका अनुसार यसको कारण स्वच्छता मात्र नभइ दार्शनिक सोच पनि हो।

    “प्रतीकात्मक रूपमा बाहिरी संसारलाई दूषित, जोखिमपूर्ण र फोहोर मानिन्छ,” उनी भन्छन्।

    “घरको भित्री स्थान भनेको शुद्ध र सफा राख्नुपर्ने ठाउँ हो। धेरै धार्मिक संस्कारहरू पनि यही शुद्धताको अवधारणामा आधारित छन्।”

    जुत्तामा कस्ता ब्याक्टेरिया हुन्छन्?

    यसको परीक्षण गर्न यूकेको ब्राइटन शहरमा एक सप्ताहान्तभर लगाइएको एकजोर जुत्तालाई ‘माइक्रोबायोलजी’ प्रयोगशालामा लगियो।

    ब्राइटन विश्वविद्यालयकी माइक्रोबायोलजिस्ट डा. सारा पीटले जुत्ताको माथिल्लो र तलको भागबाट नमुना सङ्कलन गरिन् र ‘पेट्री डिश’ [प्रयोगशालामा प्रयोग गरिने सानो पारदर्शी भाँडो] मा राखिन्। ती नमुनाहरूलाई रातभर बढ्न दिइयो।

    भोलिपल्ट माइक्रोस्कोपबाट हेर्दा त्यसमा धेरै प्रकारका ब्याक्टेरिया भेटिए।

    तिनमा ‘स्टाफिलोकोकस अउरिअस’ पनि थियो, जुन ब्याक्टेरियाले ‘स्टाफ’ सङ्क्रमण गराउँछ। डा. पिटका अनुसार यो स्वस्थ मानिसका लागि पनि निकै खतरनाक हुन सक्छ।

    “यदि तपाईँको छालामा चोट लाग्यो र त्यहाँ यो ब्याक्टेरिया प्रवेश गर्‍यो भने पीप भरिएको ठूलो फोका उठ्न सक्छ,” उनले भनिन्।

    धेरै खानबाट यसरी जोगिनुहोस्

    ‘मिठो मानेर खानूस्, तौल घट्न सक्छ’

    कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा यसले निमोनिया र रगतमा संक्रमणसमेत गराउन सक्ने उनले बताइन्।

    उक्त जुत्तामा ‘स्टाफिलोकोकस एपिडर्मिडिस’ पनि भेटियो, जुन सामान्यत: मानिसको छालामा हुने ब्याक्टेरिया हो। तर रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसमा र त्यसमा पनि विशेष गरी अस्पतालमा उपचार गराइरहेका बिरामीहरूमा यसले गम्भीर सङ्क्रमण निम्त्याउन सक्छ।

    अन्य अनुसन्धानहरूले जुत्तामा ई. कोलाई जस्ता मलजन्य ब्याक्टेरिया पनि हुन सक्ने देखाएका छन्।

    “संसारका विभिन्न ठाउँमा भिन्नभिन्न ब्याक्टेरिया, ढुसी र परजीवीहरू पनि जुत्तामा भेटिन सक्छन्,” इन्स्टिट्यूट अफ बायोमेडिकल साइन्सकी प्रमुख समेत रहेकी डा. पिट भन्छिन्।

    बाहिरका ब्याक्टेरिया घरभित्र जीवित रहन सक्छन्?

    शोधहरूले जुत्ताले बाहिरका ब्याक्टेरियालाई सजिलै घरभित्र ल्याउन सक्ने देखाएका छन्।

    “त्यस्ता ब्याक्टेरियाहरू घरभित्र जीवित रहन सक्छन् र परिवारका अन्य सदस्यसम्मलाई सङ्क्रमित तुल्याउन सक्छन् भन्ने पर्याप्त प्रमाणहरू छन्,” पीट भन्छिन्।

    विशेष गरी न्यानो किसिमका गलैँचाहरूमा तिनीहरू केही दिन वा अझ धेरै समय टिक्न सक्छन्।

    त्यतिमात्रै होइन, त्यसमा कोही हिँडेमा केही ब्याक्टेरिया “पुनः सक्रिय” भएर मानिसलाई पुन: सङ्क्रमित तुल्याउन सक्षम हुन सक्छन्।

    नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका रासायनिक पदार्थ भेटिएको वैज्ञानिकहरूको दाबी

    स्मरणशक्ति बढाउन चाहनुहुन्छ? उसो भए सही व्यायाम गर्नुहोस्

    उदाहरण दिँदै पिट भन्छिन्, “यदि तपाईँ एउटा शिशुसँग गलैँचामा खेल्दै हुनुहुन्छ भने त्यसमा दबाव पर्दा कार्पेटमा रहेका ब्याक्टेरिया फेरि सक्रिय हुन सक्छन्।”

    यो जोखिम विशेष गरी शिशु वा वृद्धवृद्धाजस्ता कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूका लागि बढी हुन्छ।

    यद्यपि उनी केही सूक्ष्मजीवसँगको सम्पर्कले प्रतिरक्षा प्रणाली विकास गर्न मद्दत गर्न सक्ने स्वीकार्छिन् तर दैनिक जीवनमै हामी विभिन्न प्रकारका ब्याक्टेरियासँग सम्पर्कमा रहने उनको भनाइ छ।

    जुत्ता लगाउने कि फुकाल्ने त?

    डा. पीटका अनुसार यसको उत्तर ‘पेट्री डिश’मै देखिन्छ।

    “घरभित्र जुत्ता लगाउनु अशिष्ट मात्र होइन, यसले वास्तविक स्वास्थ्य जोखिम पनि निम्त्याउन सक्छ,” उनी भन्छिन्।

    “तपाईँ संसारको जुनसुकै ठाउँमा भए पनि घरभित्र पस्नेबित्तिकै जुत्ता फुकाल्नु नै सबैभन्दा उत्तम हुन्छ।”

    कुनै कारणले घरभित्र जुत्ता लगाउनै परेमा ढोकामा ‘डोरम्याट’ प्रयोग गर्ने र घरमा गलैँचा कम राख्ने हो भने ब्याक्टेरियाको मात्रा घटाउन मद्दत पुग्ने उनी बताउँछिन्।

    उनका अनुसार, “हप्तामा कम्तीमा एकपटक घर राम्रोसँग सफा गर्नु राम्रो हुन्छ। त्यसबाट ब्याक्टेरिया, धुलो र फोहोर धेरै हदसम्म नियन्त्रणमा हुन्छन्।”

    बिहान तातो पानी पिउनु स्वास्थ्यका लागि कति राम्रो हो?

    ब्याङ्कमा पैसा राखे जसरी पछिका लागि निद्रा जोगाउन कति सम्भव

    अहिले विवाह गरिसकेका सोफिया र पेड्याले चाहिँ बीचको बाटो रोजेका छन्।

    सोफिया भन्छिन्, “मनैबाट त म अझै पनि जुत्ता लगाउन रुचाउँछु। तर म सर्बिया जाँदा त्यहाँ घरभित्रको चप्पल लगाउनै पर्छ भन्ने मलाई थाहा छ।”

    अमेरिकास्थित घरमा भने उनी घर भित्रमात्रै लगाउने जुत्ता प्रयोग गर्छिन् जुन बाहिरफेर जाँदा लगाइँदैन।

    “मलाई गोडामा जुत्ताको भार महसुस गर्न मन पर्छ, किनकि म त्यसरी नै हुर्किएकी हुँ,” उनी भन्छिन्।

    अर्कातर्फ, पेड्याले पनि सोफियाका केही बानी अपनाउन थालेका छन्।

    “कहिलेकाहीँ हतारमा हुँदा म जुत्ता नफुकाली घरभित्र पस्छु,” उनी भन्छन्।

    “हामी एकअर्कालाई पूर्ण रूपमा सर्बिअन वा पूर्ण रूपमा अमेरिकी बनाउने प्रयास गरिरहेका छैनौँ,” सोफिया भन्छिन्, “हामी दुवैको आ-आफ्नै पहिचान छ र ती दुई संस्कृतिलाई मिलाएर सँगसँगै अघि बढ्ने कोसिसमा छौँ।”

    आइतबार, असार २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.