भरतपुर उज्यालो टाईम्स मिडिया एड्भरटाइजिङ्ग प्रा.लि.का निर्देशक भुपेन्द्र कुमार श्रेष्ठ रोटरी क्लब अफ नारायणी मिडटाउनको बर्ष ०२६/०२७ को लागि अध्यक्ष पदमा चयन हुनुभएकोमा उज्यालो टाइम्सको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरियो। श्रेष्ठ समाजसेवासँगै युवा उद्यमीको रूपमा परिचित हुनुभएको छ। शुभकामना कार्यक्रममा उज्यालो टाइम्सका अध्यक्ष राजु भट्ट, प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ, निर्देशकहरू कपिल सागर कर्मचार्य, राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
Advertisement




