भरतपुर/चितवनको भरतपुरस्थित सागमा शंखेकिरा भेटिएबैष्णब रेष्टुरेन्टमा खाना खानेक्रममा पछि जिल्ला प्रशासन कार्यालयले रेष्टुरेन्टमा ताला लगाएको छ । रेष्टुरेन्टमा खाना खान पुगेका सेवाग्राहीले सागमा शंखेकिरा फेला परेपछि प्रशासनलाई खबर गरेका थिए । प्रशासनको टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा रेष्टुरेन्टमा प्रयोग भइरहेको तेलको गुणस्तर पनि कमजोर देखिएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार रेष्टुरेन्टलाई तत्कालका लागि बन्द गरिएको छ। आवश्यक सुधारका लागि प्रतिबद्धता जनाउने, तोकिएको जरिवाना बुझाउने तथा मापदण्ड पूरा गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिइनेछ,उहाँले भन्नुभयो । प्रशासनले खाद्य स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्ने भन्दै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र उपभोक्ता सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ।




