काठमाडौँ/हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । सरकारले लामो समयदेखि बन्द रहेको कपडा उद्योग सञ्चालन गर्ने तयारी गरेको हो । उद्योगको पुनः सञ्चालनका लागि हाल प्रारम्भिक चरणमा नेपाली सेनामार्फत परीक्षण उत्पादन गरिएको सरकारको भनाई छ ।
Advertisement
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसो त सरकारले २०८३ असार १८ गते बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योग पुनः सञ्चालनका लागि सरकारले बजेटसमेत निकासा गरिसकेको छ । प्रारम्भिक चरणमा गरिएको परीक्षण उत्पादनपछि पूर्ण क्षमताका साथमा उद्योग सञ्चालन गरिने सरकारको भनाई छ ।




