भरतपुर/यामाहाले आफ्नो ७० औं वर्ष सफलतापूर्वक पूरा गरी ७१ औं वर्ष प्रवेशको शुभअवसरमा देशैभरमा रहेका यामाहा शोरुमहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
७१ औं वर्ष प्रवेशको अवसरमा नविन अटो सेन्टर नारायणगढ र कर्माचार्य इन्टरप्राईजेज प्रा.लि.भरतपुरको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका वडा नं., मिलनचोकस्थित ब्लु स्क्वायर (यामाहा शोरुम) मा रक्तदान गर्नुहोस्, जीवन बचाउनुहोस् भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक सेवासँग जोड्दै मानव जीवन बचाउने पवित्र अभियानमा योगदान पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको र कार्यक्रममार्फत समाजमा रक्तदानप्रति सकारात्मक चेतना अभिवृद्धि गर्ने, “रक्तदान नै जीवनदान हो” भन्ने सन्देश फैलाउने, स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदानका लागि प्रेरित गर्ने तथा जन्मोत्सव वा विशेष अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्य राखिएको कर्माचार्य इन्टरप्राईजेज प्रा.लि.का प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा १० जना महिला र ३० जना पुरुष गरी ४० जनाले रक्तदान गरेका थिए ।





