रत्ननगर/चितवन उद्योग संघ रत्ननगर समितिको आयोजना, चितवन उद्योग संघको समन्वय तथा वागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, पर्यटन कार्यालय सौराहाको सहकार्यमा पर्यटन व्यवसायमा आवद्ध महिला तथा युवा लक्षित क्षमता अभिबृद्धि कार्यक्रमको समापन भएको छ ।
चितवन उद्योग संघ रत्ननगर समिति सुवास गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण महतो प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि महतोले तालिममा सिकेको विषयलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै विशिष्ट अतिथि पर्यटन कार्यालय सौराहाका कार्यालय प्रमुख प्रेम ढकालले तीनसम्म चलेको तालिमबाट उद्यमीहरुको क्षमता अभिवृद्धिसँगै उद्यमशिलताको क्षेत्रमा टेवा पुगेको बताउनुभयो ।
चितवन उद्योग संघ रत्ननगर समिति सुवास गौतमले कार्यक्रमको उद्देश्य सहित स्वागत गर्नुभएको कार्यक्रममा महिला सहभागीको तर्फबाट शान्ति ढकाल र पुरुष सहभागीको तर्फबाट सूर्यदर्शन पोखरेलले तालिम निकै फलदायी भएको बताएका थिए ।
तालिम समापन कार्यक्रमलाई चितवन उद्योग संघ रत्ननगर समितिका कोषाध्यक्ष गीता सिंम्खडाले सञ्चालन गर्नुभएकोे थियो ।
Advertisement




