रत्ननगर/चितवन उद्योग संघ रत्ननगर समितिको आयोजना, चितवन उद्योग संघको समन्वय तथा वागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, पर्यटन कार्यालय सौराहाको सहकार्यमा पर्यटन व्यवसायमा आवद्ध महिला तथा युवा लक्षित क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघ रत्ननगर समिति सुवास गौतमको अध्यक्षतामा सम्पन्न तालिम शुभारम्भ कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण महतो प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि महतोले क्षमता अभिवृद्धि तालिमबाट उद्यमीहरुको क्षमता अभिवृद्धिसँगै उद्यमशिलताको क्षेत्रमा टेवा पुग्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले तालिममा सहभागीहरुले तालिममा सिकेको विषयलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । त्यस्तै विशिष्ट अतिथि पर्यटन कार्यालय सौराहाका कार्यालय प्रमुख प्रेम ढकालले तीनदिनसम्म चल्ने तालिममा धैर्यता र अनुशासन सहित लाभ लिनुहुन प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।
चितवन उद्योग संघ रत्ननगर समिति सुवास गौतमले कार्यक्रमको उद्देश्य सहित स्वागत गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघ रत्ननगर समितिका निवर्तमान अध्यक्ष उमाकान्त पौडेल, बाघमारा सामुदायिक वनका अध्यक्ष वि.पि चौधरी लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
चितवन उद्योग संघ रत्ननगर समितिका कोषाध्यक्ष गीता सिंम्खडाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ रत्ननगर समितिका उपाध्यक्ष माधव थपलियाले धन्यवाद मन्तब्य सहित प्रशिक्षक लाई फलोर हस्तान्तरण गरेर सम्पन्न गर्नुभएको थियो ।




