नवलपुर/नवलपुरका संस्थापक सभापति **नरिश्वर**ले जनताका वास्तविक समस्याको समाधानका लागि प्रशासनिक निकायसँग समन्वय गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। उहाँका अनुसार जनताका विषयमा “कुम जोडिनु” अर्थात् सम्बन्धित निकायसँग सहकार्य गर्नु आजको राजनीति को मूल मर्म हो। राजनीतिक चतुर्यतामाथि टिप्पणी गर्दै उहाँले कांग्रेस र एमालेले अपनाएको चातुर्यतालाई जनताले मन नपराएको स्पष्ट धारणा राख्नुभयो। “अब जनताले चतुर राजनीति होइन, इमान्दार नेतृत्व खोजेका छन्,” उहाँले भन्नुभयो। इमान्दार व्यक्तित्व नै हाम्रो बलियो आधार नरिश्वरका अनुसार मोति जी, शिव वुवा, अमृत, शेरबहादुर, पदम, मोहन, गोविन्द र रामचन्द्रजस्ता इमान्दार व्यक्तित्वहरू विभिन्न क्षेत्रबाट साथमा हुनु नै आफ्नो राजनीतिक यात्राको मुख्य शक्ति हो। उहाँ भन्छन्, इमान्दारिता नै राजनीतिक सफलताको सबैभन्दा ठूलो पूँजी हो। नयाँ पुस्ता र महिला नेतृत्व केन्द्रमा आफ्नो आगामी राजनीतिक यात्राबारे बोल्दै नरिश्वरले युवालाई स्थापित गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो। गोकुल, दोमन, कृष्ण, खेम पुरी, नारायण, नविन, गोपाल, सुदिप, ज्ञानहरी, विमल, पिताम्बर, देव, विष्णु, बिन्दु, रमेश, हरी, केशव, शशी, मखन, नारायण र सुरजलगायत युवाहरूलाई सक्षम नेतृत्वका रूपमा अघि बढाइने उहाँको भनाइ छ। त्यसैगरी सीता, रितु, माया, शर्मिला, अस्मिता लगायतका महिलालाई राजनीतिक रूपमा स्थापित गर्न सके मात्र आफ्नो राजनीतिक यात्रा सार्थक हुने उहाँले स्पष्ट पार्नुभयो। संघर्षबाट जनविश्वाससम्म स्थापनाकालदेखि नै सबै व्यवसाय त्यागेर राजनीतिक यात्रामा हिँड्दा विभिन्न समय र स्थानमा आलोचना र हासोको पात्रसमेत बन्नुपरेको अनुभव सुनाउँदै नरिश्वरले ती संघर्षहरूले नै आज जनविश्वास निर्माण गरेको बताउनुभयो। नवलपुरका दुवै क्षेत्रमा सम्पन्न संघीय चुनावमा राजन गौतम र मनिष खनालको भारी मतसहितको विजयले राजनीतिक कुशलता र इमान्दारिताको चर्चा बढ्नु नै आफ्नो लागि ठूलो पूँजी भएको उहाँको धारणा छ। जिल्ला सम्मेलनमा प्रमुख दावेदारी राजनीतिक इमान र निष्ठाका धरोहरका रूपमा चिनिएका नरिश्वर आगामी प्रथम ऐतिहासिक जिल्ला सम्मेलनमा सभापतिका प्रमुख दावेदारका रूपमा अघि देखिनुभएको छ।
जनताका मुद्दामा प्रशासनसँग सहकार्य, नयाँ पुस्ता र महिलालाई अघि बढाउने अठोट : नरिश्वर लामिछाने
जनताका मुद्दामा प्रशासनसँग सहकार्य, नयाँ पुस्ता र महिलालाई अघि बढाउने अठोट : नरिश्वर लामिछाने
तपाईको प्रतिक्रिया




