• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

विश्व साइकल दिवसमा बृहत् साइकल र्‍याली


  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
  • चितवन । ‘हरित भविष्यका लागि साइकल चलाऔ’ भन्ने नाराका साथ विश्व साइकल दिवस तथा विश्व वातावरण दिवस–२०२६ को अवसरमा भरतपुर–७, कृष्णपुरस्थित अङकुरम् एकेडेमीको आयोजनामा मंगलबार बृहत् साइकल ¥यालीको आयोजना गरिएको छ । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवद्र्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजित ¥यालीमा ९३ जना साइकलिस्टको सहभागिता रहेको थियो ।

    Advertisement

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र भरतपुर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरेको उक्त कार्यक्रममा चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल, वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायक, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन लगायतको उपस्थिति रहेको थियो ।

    अङ्कुुरम् एकेडेमीदेखि वनदेवी गेट, बिसहजारी ताल, बाटुली पोखरी, छितामाई हुँदै एलटिके फार्म एण्ड रिट्रिटसम्म २५ किलोमिटरको दुरीमा उक्त साइकल ¥यालीको आयोजना गरिएको हो । विगत चार वर्षदेखिको अभ्यासलाई निरन्तरता दिँदै अङ्कुरम् एकेडेमी र चितवन साइकल राइडर्स क्लबको आयोजना तथा उद्योग वाणिज्य संघ–चितवनको प्रवद्र्धनमा आयोजनामा भएको उक्त साइकल ¥यालीका सहभागीहरूलाई टि–सर्ट तथा प्रमणपत्र वितरण गरिएको थियो ।

    कार्यक्रममा बोल्दै विद्यालयका हेड ब्याय उदयराज वाग्लेले भने, ‘आज हामीले लगाएका हेल्मेट, उपकरण र व्यवस्थापनका अन्य सामग्रीलाई एकैछिन पन्छाएर हेर्ने हो भने साइकल केवल एउटा सवारीसाधन मात्र नभई जीवनसँग जोडिएको विशेष अनुभूति हो ।’ उनले भने, ‘यहाँ उपस्थित अधिकांश व्यक्तिहरूले स्वतन्त्रताको पहिलो मीठो अनुभूति दुई पाङ्ग्रामै प्राप्त गरेका थियौँ’, ‘त्यो अविस्मरणीय क्षण जब आमाबुबाले पछाडिबाट समातेको सिट छोड्नुभयो र हामी आफैँ अघि बढ्न सिक्यौँ ।’

    ‘उनका अनुसार साइकल चलाउनु भनेको बाल्यकालको त्यो अद्भुत अनुभूतिसँग पुनः जोडिनु हो । जीवन जति नै व्यस्त, जटिल वा तीव्र गतिमा अघि बढे पनि वास्तविक खुसी र आनन्द सरल कुराहरूमा नै लुकेको हुन्छ । साइकलले आत्मनिर्भरता, धैर्यता, सन्तुलन र आत्मविश्वासको पाठ सिकाउँछ’, उनले भने ।

    विश्व साइकल दिवस–२०२६ को सन्देशमा आधारित भई अङ्कुरम् एकेडेमीका बालबालिकाले बनाएको चित्रकलाको प्रदर्शनी समेत गरिएको थियो । त्यसमध्ये ‘बी कुल ः राइड टु स्कुल’ नारासहितको आव्या अग्रवालको चित्रले तेस्रोे स्थान हासिल गरेको थियो । त्यस्तै अनन्त कँडेल र सनीजकुमार श्रेष्ठको चित्रकलाले क्रमशः दोस्रो र पहिलो स्थान प्राप्त गरेका थिए ।

    एलाइभ अस्पताल एण्ड ट्रमा सेन्टरले चिकित्सा सहायता तथा एम्बुलेन्स व्यवस्थापन र डिआर साइकल स्टोर्सले मर्मत सम्भारको भूमिका निर्वाह गरेको र राउण्ड टेबलले टी–सर्ट सौजन्य गरेको थियो । विद्यालयका प्राचार्य सुमन पौडेलले सभापतित्व गरेको कार्यक्रममा +२ संयोजक अर्जुनबाबु दौलियाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको समग्र संयोजक चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदमबहादुर बानियाँले गरेका थिए ।

    बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.