• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चद्वारा विद्यार्थीलाई स्टेशनरी र दिवा खाजा

  •   मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
  • -अमिर रामदाम
    चितवन/धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थी लक्षित सहयोग कार्यक्रम सम्पन्न गरेको छ। सोमबार भरतपुर-२७ मेघौलीस्थित श्री जानकी माध्यमिक विद्यालयमा अध्ययनरत ७७ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्दै मञ्चले वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोडेको हो। मञ्चले स्टेशनरी सामग्री वितरणसँगै विद्यार्थीहरूका लागि ११ हजार ५ सय रुपैयाँ बराबरको एक दिनको दिवा खाजाको समेत व्यवस्था गरेको थियो। मञ्चका अध्यक्ष उत्सव खाती वि.क. को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका संरक्षक तथा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वकर्माले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “समाज परिवर्तनको सबैभन्दा बलियो माध्यम शिक्षा हो। विद्यार्थीको शिक्षामा लगानी गर्नु भनेको देशको भविष्य निर्माण गर्नु हो।”
    मञ्चका अध्यक्ष उत्सव खाती वि.क.ले वार्षिकोत्सवलाई औपचारिक कार्यक्रमभन्दा पनि सामाजिक उत्तरदायित्वसँग जोड्न खोजिएको बताउनुभयो। उहाँले भन्नुभयो,“हामीले स्थापना दिवसलाई उत्सवका रूपमा मात्र होइन, समाजप्रतिको दायित्व निर्वाह गर्ने अवसरका रूपमा लिएका छौँ। आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा र समुदाय केन्द्रीत अभियानलाई निरन्तरता दिनेछौँ।” कार्यक्रममा मञ्चका संरक्षक तथा संस्थापक अध्यक्ष भीमप्रसाद वि.क., संरक्षक तथा संस्थापक महासचिव अमिर रामदाम, विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद सापकोटा, मञ्चका सल्लाहकार संयोजक चित्रबहादुर विश्वकर्मा खाती, सल्लाहकारहरू गोविन्द घताने, दिनेश खाती तथा विश्वकर्मा एकता समाज भरतपुर-२७ र २८ का अध्यक्ष दीपक बरालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद सापकोटाले विद्यालयका विद्यार्थीप्रति देखाइएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई थप प्रेरणा मिल्ने बताउनुभयो। उक्त सहयोग कार्यक्रममा मञ्चका सहकोषाध्यक्ष लक्ष्मण सेन्चुरी र सल्लाहकार गोविन्द घतानेले विशेष सहयोग प्रदान गर्नुभएको थियो। कार्यक्रममा युवा प्रतिभा प्रमेश रामदामले सांगीतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप आकर्षक बनाउनुभएको थियो। मञ्चको परिकल्पना २०७६ वैशाख ९ गते गरिएको थियो भने औपचारिक घोषणा २०७६ वैशाख ३० गते भएको थियो। छोटो समयमै सामाजिक, शैक्षिक र समुदाय केन्द्रीत गतिविधिमार्फत मञ्चले आफ्नो सक्रियता विस्तार गर्दै आएको छ।
    कार्यक्रममा मञ्चका अध्यक्ष उत्सव खाती वि.क.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन महासचिव गुनबहादुर रामदाम वि.क.ले गर्नुभएको थियो।

    मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.