• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यक : मन्त्री गौतम


  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
  • काठमाडौं/प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा होल्डिङ सेन्टर सम्बन्धी समितिले गरेको स्थलगत अवलोकन प्रतिवेदनमाथि छलफल गरिएको छ ।
    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले कतिपय मन्त्रालयको प्रत्यक्ष कार्यक्षेत्रभन्दा बाहिरका विषयसमेत आउने गरेको बताइन् ।
    त्यस्ता विषय सम्बन्धित मन्त्रालय वा निकायमा पठाउने गरिएको उल्लेख गर्दै उनले शाखा तथा महाशाखामा तोकिएको समयभित्र काम सम्पन्न भए नभएको नियमित अनुगमन भइरहेको जानकारी दिइन् ।
    उनले भनिन्, ‘यस मन्त्रालयमा कतिपय सम्बन्धित मन्त्रालयले गर्न नहुने विषयवस्तुहरु पनि आउँछन् । प्रत्यक्ष गर्न नमिल्ने प्रकृतिका कामहरु पनि आउँछन् । त्यस्तो आएमा सम्बन्धित मन्त्रालय र निकायमा यस्तो आएको छ भनेर फरवार्ड गरिदिने काम पनि गर्छौं । शाखा महाशाखामा तोकिएको समयभित्र काम सम्पन्न भए नभएको निगरानी गर्ने गर्छौं । ढिलाई भएको कामको कारण पहिचान गरी नियमित रुपमा व्रिफिङहरु भइरहेका छन् ।’
    मन्त्री गौतमले मन्त्रालयको कार्यसम्पादनलाई छिटो, उत्तरदायी र पारदर्शी बनाउन ‘फास्ट ट्र्याक डेस्क’ स्थापना गरिएको बताइन् । साथै, पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले २०८१ चैत २५ गते उच्चस्तरीय कार्यदल गठन गरिएको उल्लेख गरिन् ।
    उनले भनिन्,‘मन्त्रालयको कार्य सम्पादनलाई छिटो, उत्तरदायी र पारदर्शी बनाउने उदेश्य राखेर ‘फास्ट ट्र्याक डेस्क’ बनाएको हो । पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अब अगाडि बढिसकेको छ ।’
    उनका अनुसार मुलुकमा भौतिक पूर्वाधार निर्माणका काम वर्षौंदेखि ढिलाइ हुँदै आएको र त्यसका अवरोध पहिचान गरी समाधान खोज्न कार्यदल गठन गरिएको हो
    मन्त्री गौतमले पूर्वाधार आयोजना सम्बन्धी विवाद तथा मुद्दाको छिटो, प्रभावकारी र विशेषज्ञतापूर्ण समाधानका लागि पूर्वाधार न्यायाधिकरण गठन आवश्यक रहेको निष्कर्ष कार्यदलले निकालेको बताइन् । कार्यदलको सुझावअनुसार न्यायाधिकरण गठनसम्बन्धी कानुन तर्जुमा प्रक्रिया सुरु भइसकेको जानकारी पनि उनले दिइन् ।
    उनले भनिन्, ‘पूर्वाधार आयोजना सम्बन्धि विवाद तथा मुद्दा मामिलालाई छिटो, छरितो, प्रभावकारी र विशेषज्ञतापूर्वक रुपमा समाधान गर्न पूर्वाधार न्यायाधिकरणको गठन सम्बन्धि कानुनी व्यवस्था आवश्यक देखिएको भन्ने कुराको निष्कर्ष आयो । कार्यदलले पूर्वाधार न्यायाधिकरणको गठनको सुझाव दिएपछि पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धि कानुन तर्जुमाको प्रक्रियामा रहेको छ । कानुन मन्त्रालयले अब सुरु गरिसकेको छ । ’
    उनले कार्यदलको सुझावअनुसार केही ऐन, कानुन तथा नियमावली संशोधन गर्नुपर्ने विषयसमेत औंल्याइएको र ती सम्बन्धित निकायमा पठाइसकिएको बताइन् ।
    उनले भनिन्, ‘कार्यदलको सुझाव अनुरुप कतिपय ऐन कानुनहरुमा नियमावलीहरुमा पनि संशोधन गर्नुपर्ने कुराहरु सुझावको रुपमा आएका छन् । जसमा हामीले सम्बन्धित निकायहरुमा पठाइसकेका छौं । उच्च स्तरीय कार्यदलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई संयोजक बनाएका थियौं ।’
    उच्चस्तरीय कार्यदलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई संयोजक बनाइएको उनले जानकारी दिइन् ।

    Advertisement

     

    सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.