भरतपुर/नेपाल कम्युनिस्ट पार्टी एमाले चितवनले जननेता मदनकुमार भण्डारी र कुशल संगठक जिवराज आश्रित को स्मृतिमा पाँचदिने विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। जिल्ला पार्टी कार्यालय भरतपुरमा बुधबार बसेको जिल्ला पदाधिकारी बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। बैठक जिल्ला अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो। जिल्ला सचिव प्रकाश ढुङ्गानाका अनुसार, जेठ १ गते युवा तथा विद्यार्थी दिवसको अवसरमा राष्ट्रिय युवा सङ्घ चितवनले विद्यालयहरूमा शैक्षिक सामाग्री वितरण गर्दैछभने जेठ २ गते दुर्घटनास्थल क्षेत्र दासढुङ्गामा सरसफाइ कार्यक्रम आयोजना गरिनेछ। जेठ ३ गते बिहान ७ बजे जिल्ला पार्टी कार्यालयबाट भेला भई दासढुंगा पुगेर नेता द्वयप्रति श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम तय गरिएको छ। त्यसैगरी, जेठ ४ गते जिल्ला समन्वय समिति चितवनको सभाहलमा मदन भण्डारी फाउन्डेसनकाे अगुवनईमा विचार गोष्ठ आयोजना गरिनेछ। जेठ ५ गते पश्चिम चितवनको गाजीपुरमा रहेको जननेता भण्डारीको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गरिनेछ। वि.सं. २०५० साल जेठ ३ गते भएको रहस्यमय जीप दुर्घटनामा तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।
मदन–आश्रित स्मृति दिवसका अवसरमा एमाले चितवनले पाँचदिने कार्यक्रम गर्ने
मदन–आश्रित स्मृति दिवसका अवसरमा एमाले चितवनले पाँचदिने कार्यक्रम गर्ने
तपाईको प्रतिक्रिया




