सिर्जनशील समाज भरतपुर चितवनको आयोजना र उदय नेपाल चितवनको सहकार्यमा तरकारी तथा कृषि बालीमा बिषादी न्युनीकरण सम्वन्धी कार्यक्रम भरतपुर ४ बैकुण्ठ टोल चितवनमा २०८३ बैशाख २६ गते शनिबार बिहान सम्पन्न भएको छ । सिर्जनशील समाज भरतपुर ४ का अध्यक्ष इश्वरी कडेलको सभापतित्वमा भएको कार्यक्रममा कृषि बिज्ञ निशा सुवेदीले प्रशिक्षण गर्नु भएको थियोे । तरकारी, खेतीपाती , फलफूलका बिरुवा हरुमा लाग्ने रोगहरु, रोगको रोकथाम र न्युनीकरणका लागि बिषादीको प्रयोग घटाउन सकिने उपायहरु, बिषादीको प्रयोग बाट उत्पन्न हुने समस्या हरु, उपयोगी र अनुपयोगी किराहरुको बारेमा बिस्तृत रूपमा प्रशिक्षण गर्नु भएको थियो । बिषादीको प्रयोग न्युनीकरणका लागि किरा लाग्नै नदिनु , किरा लाग्दा साथ किरा निर्मुल पार्नु पर्ने, घरियासी औसधिहरु, झोल मलको प्रयोग गर्ने , पानीको प्रयोग , तितो, पिरो, टर्रो , अमिलो बिशेश गरि किरालाइ मन नपर्ने बस्तुहरुको प्रयोग गर्नुपर्ने , पानीको प्रयोग लगायत विविध बिषयमा जानकारी गराउनु भएको थियोे । कार्यक्रममा सिर्जनशील समाजका सस्थापक अध्यक्ष शिवप्रसाद बराल, निवर्तमान अध्यक्ष टिकाराम सापकोटा, पुर्व उपाध्यक्ष महेश्वर पोखरेल, पुर्व महासचिव कविता शर्मा, समाजका उपाध्यक्ष हरीप्रसाद गुरागाइ, महासचिव सुरेश घिमिरे , सचिव प्रदीप अर्याल , कोषाध्यक्ष लक्ष्मी कडेल, सदस्यहरु दिवाकर अधिकारी, तारा कडेल, रन्जना कडेल र भरतपुर ४ बैकुण्ठ टोलबासी ५५ जना महिला तथा पुरुषको सहभागिता रहेको थियो ।सिर्जनशील समाज भरतपुर ४ का सस्थापक अध्यक्ष शिवप्रसाद बरालले सहजीकरण गरेको कार्यक्रममा सस्थाका अध्यक्ष इश्वरी कडेलले धन्यवाद ज्ञापन गर्दै सभा बिसर्जन गर्नु भएको थियोे । कार्यक्रम व्यवस्थापनमा गोविन्द कडेलले बिशेश सहयोग गर्नु भएको थियो ।





