नवलपुर/नवलपुर उद्योग संघको वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनबाट बिष्णु कँडेलको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । नवलपुर उद्योग संघका अध्यक्ष के.बि.रानाको अध्यक्षतामा सम्पन्न साधारणसभाले कँडेलको नेतृत्वमा समिति चयन गरको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा तुलमणि पौडेल (टि.एम.), महासचिवमा प्रकाश सापकोटा, कोषाध्यक्षमा गोपेन्द्र केशरी न्यौपाने, सचिवमा डि.बि. चौधरी, सदस्यहरुमा पिताम्बर कोइराला, सन्तोष राना मगर, नवराज सापकोटा, पिताम्बर महत्तो, बिजय भुसाल, मो. रफिक अहमत, सुदिप न्यौपाने, कबिता श्रेष्ठ रहनुभएको छ । समितिको लेखा सयोजकमा निरज सापकोटा र लेखा सदस्यमा राम चन्द्र सापकोटा रहनुभएको छ ।
समितिले नवलपुरको आर्थिक विकास, उद्यमशिलता विकास, इन्कुवेशन, पर्यटन तथा कृषि प्रबर्द्धन, निजि क्षेत्रमा समस्या समाधान लगायतका विषयहरुमा पहल गर्ने नवनिर्वाचित अध्यक्ष बिष्णु कँडेलले जानकारी दिनुभयो ।
बिष्णु कँडेलको नेतृत्वमा नवलपुर उद्योग संघ
बिष्णु कँडेलको नेतृत्वमा नवलपुर उद्योग संघ
Advertisement
तपाईको प्रतिक्रिया




