भरतपुर÷चितवन अटो शो २०२६ को अन्तिम दिन चितवन उद्योग संघको टोलीद्वारा आधिकारिक रुपमा शोको अवलोकन भएको । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्वमा अवलोकनमा पुगेको टोलीले चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन भएको शोमा सहभागी प्रदर्शकहरुसँग प्रतिक्रिया लिनुको साथै प्रदर्शनी हलको विषयमा केही सल्लाह, सुझावहरु सहित चासो राखेको थियो । शोमा रहेका अधिकांश प्रदर्शकहरुले नेपालमै प्रदर्शनीहरुको लागि आवश्यक ठूलो र व्यवस्थित हल रहेको र आगामि दिनहरुमा समेत यस्ता खाले प्रदर्शनीहरुमा आफूहरुको बढेको बताएका थिए । भने, केही प्रदर्शकहरुले यसलाई अझै नमूना बनाउनको लागि संघलाई सल्लाह, सुझावहरु दिएका थिए ।

संघका अध्यक्ष मदन घिमिरेको नेतृत्वमा रहेको अवलोकनमा संघका उपाध्यक्षहरु तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल, विशाल चापागाई, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु ओमकार कँडेल, प्रकाश पौडेल, भरत दुवाडी, अर्जुन प्रसाद सापकोटा, सुवास पौडेल, पूर्व कार्यसमिति सदस्य गोविन्द प्रसाद खनाल, महिला उद्यमी मञ्चकी सचिव गोमा कुमारी खड्का, महिला सदस्य हेमा पौडेल, महिला उद्यमी मञ्च कालिका समितिकी अध्यक्ष कोपिला दाहाल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।




