चितवन/ निजि अस्पताल समन्वय समिति (अफिन) (APHIN) चितवनको ८औँ वार्षिक साधारण सभा केन्द्रीय अध्यक्ष डा. पदम बहादुर खड्काको प्रमुख आतिथ्यमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा चिकित्सा महाशाखा प्रमुख दिनेश रुपाखेती र मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतो विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। अफिन चितवनका अध्यक्ष विक्रम अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष भरत रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव रघुनाथ सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा आगामी योजना बारे समेत विचार आदान–प्रदान गरिएको थियो।
Advertisement




