• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल उद्योग व्यापार महासंघको अध्यक्षमा खिमनारायण पराजुली निर्वाचित


  •   सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
  • नवलपुर/नेपाल उद्योग व्यापार महासङ्घको अध्यक्षमा खिमनारायण पराजुली निर्वाचित भएका छन्। महासङ्घको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। नवलपुरको गैँडाकोटस्थित नारायणी रिसोर्टमा आइतबार सम्पन्न महाधिवेशनले पराजुलीको नेतृत्वमा ९९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष खिम लाल भण्डारी रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा यज्ञ प्रसाद पन्त चयन भएका छन्। त्यसैगरी उद्योग उपाध्यक्षमा दामोदर नेपाल, वाणिज्य उपाध्यक्षमा लोकजंग लामा, वस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी र एसोसिएट उपाध्यक्षमा दिपेन्द्र विष्ट रहेका छन्।
    खुला उपाध्यक्षहरूमा उपेन्द्र चौधरी, रामसुन्दर बके, प्रकाश पाण्डे र जनकराज पराजुली चयन भएका छन् भने महिला उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित भएकी छन्।
    महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा आशीष कार्की र उपमहासचिवमा कुमार थापा चयन भएका छन्। सचिवहरूमा चेत बहादुर खड्का, मिनराज भण्डारी, प्रेम सुनार, तपेन्द्र प्रसाद जोशी र केदारनाथ अधिकारी रहेका छन् भने सह–कोषाध्यक्षमा नेत्र प्रसाद आचार्य चयन भएका छन्। नयाँ नेतृत्वले उद्योग तथा व्यापार क्षेत्रका समस्या समाधान, निजी क्षेत्रको सशक्तीकरण र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
    यसैविच नव-निर्वाचित अध्यक्ष पराजुलीले प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारीलाई केवल पद नभई विश्वास, अपेक्षा र उत्तरदायित्वको रूपमा लिएको बताएका छन्। उनले प्राप्त विश्वासलाई परिणाममुखी काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता जनाएका छन्। उनले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै यसको अधिकार, सुरक्षा र सम्मानका लागि सशक्त आवाज उठाउने बताएका छन्। साथै, सरकारसँग सहकार्य गर्दै कर, वित्त, श्रम तथा व्यापारसम्बन्धी नीतिहरूलाई सरल, पारदर्शी र व्यवसायमैत्री बनाउन पहल गर्ने उल्लेख गरेका छन्।
    पराजुलीले साना तथा मझौला उद्यम (SME) क्षेत्रलाई प्राथमिकतामा राख्दै वित्त, प्रविधि, बजार र तालिममा पहुँच विस्तार गर्न विशेष कार्यक्रम ल्याइने जानकारी दिएका छन्। संघीय संरचनाअनुसार सातै प्रदेश र जिल्ला तहसम्म महासंघको संस्थागत सुदृढीकरण गर्दै सदस्यहरूलाई प्रभावकारी सेवा प्रदान गर्ने उनको योजना रहेको छ।
    महासंघभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै संस्थालाई विश्वसनीय र पेशागत बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। अध्यक्ष पराजुलीले वर्तमान आर्थिक सुस्तता, नीतिगत अस्पष्टता र बजारका चुनौतीहरूबीच पनि एकताबद्ध निजी क्षेत्रले सबै समस्या पार गर्न सक्ने विश्वास व्यक्त गरे। उनले “समृद्ध नेपाल निर्माणमा सशक्त निजी क्षेत्र” भन्ने साझा लक्ष्य हासिल गर्न सबैलाई सहकार्यका लागि आह्वान गरेका छन्।

    Advertisement

    सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.