इरानले आफ्नो देशका लागि अवस्था अझै पनि युद्धकै जस्तो रहेको बताएको छ। प्रेस टीभीका अनुसार इरानी सेनाका प्रवक्ताले युद्ध समाप्त नभएको र इरानले वर्तमान परिस्थितिलाई सामान्य नमानेको स्पष्ट पारेका छन्।
प्रवक्ताले भने, ‘हाम्रा सेना र सुरक्षा निकायहरू लगातार निगरानी र सर्भिलान्समा छन्, ताकि हरेक गतिविधिलाई नजिकबाट नियाल्न सकियोस्।’
यसैबीच, पछिल्ला २४ घण्टाका प्रमुख ५ घटनाक्रमले विश्व बजार र भू–राजनीतिमा तरंग ल्याएका छन्:
२. ट्रम्पद्वारा प्रस्ताव अस्वीकार: इरानले होर्मुज जलमार्ग खुला गरी जहाजको आवागमन सुचारु गर्ने र त्यसपछि आणविक मुद्दामा वार्ता गर्ने प्रस्ताव राखेको थियो। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो प्रस्तावलाई अस्वीकार गरिदिएका छन्।
३. इरानी विदेश मन्त्रीको कूटनीतिक दौड: इरानका विदेश मन्त्री अब्बास अराघचीले ४८ घण्टाभित्र तेस्रो पटक पाकिस्तानको भ्रमण गरेका छन्। रुस भ्रमण सकेर उनी मंगलबार बिहानै इस्लामावाद पुगेका छन्।
४. १० लाख रोजगारी गुमे: युद्धका कारण देशमा प्रत्यक्ष रूपमा कम्तीमा १० लाख रोजगारी गुमेको इरान सरकारले जनाएको छ। भविष्यमा यो संख्या १ करोडभन्दा माथि पुग्ने जोखिम बढेको छ।
५. तेलको मूल्यमा वृद्धि: मंगलबार पनि कच्चा तेलको मूल्यमा लगातार सातौँ दिन वृद्धि भएको छ। ब्रेन्ट क्रुडको मूल्य ११० डलर प्रति ब्यारेल पार गरेको छ।
(एजेन्सीहरूको सहयोगमा)




