• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

रत्ननगर खानेपानीको ८३ प्रतिशत घरधुरीमा शुद्ध पानीको पहुँच


  •   शनिबार, चैत २८, २०८२ मा प्रकाशित
  • चितवनको रत्ननगरस्थित रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो सेवा क्षेत्रमा ८३ प्रतिशत घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुर्‍याएको छ। नगरका १६ मध्ये १ देखि १३ नम्बर वडासम्म सेवा विस्तार गरेको संस्थाले बाँकी क्षेत्रमा पिठुवा खानेपानीले सेवा दिँदै आएको छ।

    Advertisement

    संस्थाका अध्यक्ष माधव अर्यालको नेतृत्वमा बछौली खानेपानी संस्थासँग मर्ज गरी सेवा क्षेत्र विस्तार गरिएको हो। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत २०७९ भदौदेखि हालसम्मका तीन वर्षे उपलब्धि सार्वजनिक गरिएको छ।
    यस अवधिमा ४ हजारभन्दा बढी नयाँ उपभोक्ता थपिएका छन् भने ६४ किलोमिटर पाइपलाइन विस्तार गरी घरघरमा पानी आपूर्ति गरिएको छ। संस्थाले पानी स्रोत संरक्षणका लागि “एक घर एक पोखरी, एक घर दुई विरुवा र एक घर एक घार” कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।

    संस्थालाई सुदृढ बनाउन २०८० सालमा सौराहा–बछौली खानेपानी आयोजना मर्ज गरिएको थियो। मर्जपछि ७१३ उपभोक्ता, ५४ किलोमिटर पाइपलाइन, एउटा ओभरहेड ट्याङ्की, दुईवटा बोरिङ तथा २८ लाख ३२ हजार रुपैयाँ संस्थामा थपिएको अध्यक्ष अर्यालले जानकारी दिए।

    संस्थाले न्यूनतम पानी शुल्क ११० रुपैयाँबाट घटाएर ८० रुपैयाँ कायम गरेको छ। साथै सामुदायिक विद्यालयका लागि धारा जडानमा ५० प्रतिशत छुट, रातो कार्डधारी अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क धारा जडान र किस्ताबन्दीमा जडान गर्ने व्यवस्था गरिएको छ। धारा जडान शुल्क पनि ९ हजार ५०० बाट घटाएर ८ हजार ५०० कायम गरिएको छ।
    हाल संस्थाले ८४ प्रतिशत घरधुरीमा पानी वितरण गरिरहेको छ भने बाँकी ४ हजार ५०० भन्दा बढी घरधुरीमा सेवा विस्तार गर्न ३६ करोड रुपैयाँको सहलगानी आयोजनाअन्तर्गत दुईवटा ओभरहेड ट्याङ्की निर्माण कार्य जारी रहेको छ।

    तेस्रो चरणको मर्मत तथा सुधार कार्यक्रमअन्तर्गत २ करोड ५४ लाख रुपैयाँ लगानीमा शुब्बाचोकमा बोरिङ, ३० वटा भल्भ चेम्बर र साढे १८ किलोमिटर पाइपलाइन विस्तार गरिएको सचिव प्रताप डल्लाकोटीले जानकारी दिए। सो कार्यमा सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत लगानी रहेको छ।
    त्यस्तै, यात्रु तथा सर्वसाधारणका लागि सेवा क्षेत्रका १३ स्थानमा सार्वजनिक धारा सञ्चालन गरिएको छ। पानीको पुनः प्रयोग र संरक्षणका लागि १०२ घरधुरीमा रिचार्ज पिट निर्माण गरिएको तथा उपभोक्तालाई २५ हजार बिरुवा वितरण गरिएको कोषाध्यक्ष सरस्वती लामाले बताइन्।

    संस्थाको चालु आर्थिक वर्ष चैत १५ गतेसम्म बैंक मौज्दात १ करोड ९८ लाख रुपैयाँ रहेको छ। २०५८ सालमा स्थापना भएको यस संस्थामा हाल १५ हजार ३०० उपभोक्ता रहेका छन्।

    आगामी चैत २८ गते साधारण सभा तथा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ। यस पटक भने विगतको प्रतिनिधिमूलक प्रणाली हटाएर सबै उपभोक्ताको प्रत्यक्ष मतदानमार्फत कार्यसमिति र लेखा समिति चयन गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ।

    शनिबार, चैत २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.