भरतपुर/उद्यमशिलता विकास मार्फत नयाँ उद्यमी सिर्जना, औद्योगिक उत्पादकत्व बृद्धि, औद्योगिक पूर्वाधारको विकासका लागि उद्योग मैत्री नीति निर्माणमा बहश पैरवी, रोजगारी सिर्जना गर्ने र स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी स्वदेशी उद्योगहरुको प्रबद्र्धन, स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पहुँच पु¥याउने उद्देश्यका साथ दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको शुरु भएको छ । प्रदर्शनीको बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्र बहादुर बानियाँले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य सहित प्रदर्शनीका बारेमा संक्षिप्त जानकारी गराउनु भएको कार्यक्रममा प्रमुख अतिथि बानियाँले प्रदर्शनी मार्फत साना देखि उद्योग उद्योगका उत्पादनको बजारीकरण, उत्पादनको प्रर्बद्धन र स्थानीय उत्पादनको पहुँच स्थापित गर्न टेवा पुग्ने बताउनुभयो ।
प्रदर्शनीमा वागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय उद्योगमन्त्री बिन्दु श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य, चितवन क्षेत्र नं. २(२)का उत्तम जोशी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकास प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति कृष्ण प्रसाद भुषाल, नेपाली काँगे्रसका सभापति राजेश्वर खनाल, नेपाली कम्प्युनिष्ट पार्टीका संयोजक रामचन्द्र अधिकारी, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रदर्शनीको दोश्रो दिन नीजि क्षेत्रको विशेष कार्यपत्र प्रस्तुति सहित “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” शीर्षकमा विषय विज्ञ र सरोकारवाला निकायहरुको सहभागितामा प्यानल छलफल हुनेछ । निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा २५ हजार भन्दा बढी उद्योगी, व्यवसायीहरुको सहभागिता रहने अपेक्षा गरिएको प्रदर्शनीमा स्वदेशी र विदेशी गरी ११० भन्दा बढी स्टलहरु रहेका छन् ।
प्रदर्शनीबाट राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गर्ने, स्वदेशी वस्तुको प्रवद्र्धनमार्फत आयात प्रतिस्थापन र निर्यात वृद्धिलाई प्रोत्साहन गर्ने, प्रदेशहरूबीच बलियो व्यवसायिक सञ्जाल निर्माण गरी ज्ञान, अनुभव र प्रविधिको आदानप्रदान गर्ने, उद्यमीहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्दै औद्योगिक सहकार्य र नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने, नयाँ उद्यमीहरूको सिर्जना, युवाहरूलाई उद्यमशीलताप्रति प्रेरित गर्ने, रोजगारी वृद्धि र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत स्वदेशी उद्योगको उन्नति र समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउने, लगानीकर्ता र स्टार्टअपहरूबीच प्रत्यक्ष भेटघाट (बिटुबि) का माध्यमबाट व्यवसायिक सञ्जालको विकास गराउने योजना रहेको छ ।
प्रदर्शनीमा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व रहेको यस प्रदर्शनीमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र मुख्य प्रबद्र्धकको रुपमा रहेको छ । भने इन्सुरेन्स पार्टनरमा राष्ट्रिय विमा कम्पनी लि., होम यप्लाईन्स पार्टनरमा डिएचआई ह्प्पियर होम, बैकिङ्ग पार्टनरमा लक्ष्मी सनराईज बैंक, फुड एण्ड स्क्याक्स पार्टनरमा रिजाल फुड एण्ड वेभरेजेज, बेभरेज पार्टनरमा यति बु्रअरी, हस्पिटालिटी पार्टनरमा लर्डस होटल एण्ड रिसोर्ट (सिबिसि प्लाजा), पेन्टस् पार्टनरमा रोयल पेन्टस् प्रा.लि., कुलिङ पार्टनरमा टेस्ला ए.सी.रहेको छ । त्यस्तै प्रदर्शनीको सहयोगी संस्थामा सामाजिक सुरक्षा कोष, प्रबद्र्धकको रुपमा उद्योग तथा वाणिज्य कार्यालय, चितवन, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका लगायत चितवनका सम्पूर्ण स्थानीय पालिकाहरु रहेका छन् ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी विभागका विभागीय प्रमुख गजेन्द्र अधिकारीले समापन गर्नुभएको थियो ।

Advertisement




