• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चेम्बर दिवसमा देशैभर भएका चेम्बर गतिविधीमा प्लाज्मादान देखी स्मारिका विमोचनसम्म


  •   बुधबार, असोज २८, २०७७ मा प्रकाशित
  • काठमाडौं, २८ आश्विन/चेम्बर दिवस २०७७ तथा नेपाल चेम्बर अफ कमर्सको सत्तरीऔं बर्षको अवसरमा विभिन्न जिल्ला तथा नगर चेम्बर अफ कमर्सले विविध कार्यक्रम आयोजना गरेका छन् । जिल्ला एवम नगर चेम्बरले २७ गते चेम्बर दिवस मनाउने क्रममा प्राय राहत वितरणका कार्यहरु गरेका छन् । देशैभर चेम्बर दिवसका अवसरमा भएका चेम्बर गतिविधीहरु कस्ता छन् त ? देशैभर भएका चेम्बर गतिविधीमा प्लाज्मादान देखी स्मारिका विमोचनसम्म रहेका छन् ।
    दिवस मनाउने शिलसिलामा बारा चेम्बर अफकमर्सले २२ चकरीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालयका पचास जना जेहेन्दार तथा गरिव विद्यार्थीहरुलाई शैक्षिक समाग्री र खेलकुद समाग्री वितरण गरेको छ । करिव तिस हजार मुल्य बराबरको उक्त समाग्री वितरणमा विद्यालय संचालक समितिकाअध्यक्ष प्रेम बहादुर लोप्चन र प्रधानाध्यापक भुपेन्द्र दहालले सहजिकरण गरेको बारा चेम्बरले जानकारी दिएको छ ।
    गोदावरी नगर चेम्बर अफ कमर्स, कैलालीले चेम्बर दिवस मनाउने शिलसिलामा कोभिड १९ को स्वास्थ्यप् रोटोकलअनुसार गोदावरी नगर चेम्बर अफकमर्स कार्य समितिका पच्चिस जनाले रक्तदान गरेका छन् ।
    पोखरा चेम्बर अफकमर्स, कास्कीले चेम्बर दिवस तथा नेपाल चेम्बर अफकमर्सको सत्तरीऔं बर्षकाअवसरमा “संघीयतामा समृद्घि–२०७७” नामक स्मारिका विमोचन गरेको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीकोे कार्यालयमा एक समारोह बीच स्मारिका विमोचन गरेका छन् । उनले संघीयतालाई आत्मसात गर्दे विधान शंसोधन गरी सबै तहमाविस्तार भएको चेम्बरले सबै ठाउँमा पहुच र प्रतिनिधित्व बढाउन सुझाव दिए । कार्यक्रममा मुख्यमन्त्रीले चेम्बरको सत्तरी बर्षे लोगो सहतिको झण्डा समेत फहराएका थिए । कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा समेतको उपस्थिती थियो ।
    त्यसैगरि, झापा चेम्बर अफकमर्सले बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा रहेका करिव चालीस जना बृद्घबृद्घालाई भोजन गराएको छ ।
    कंचनपुर चेम्बर अफकमर्सले स्थानिय रौटोलाधाम स्थित बैजनाथधाम जेष्ठ नागरिक सेवा केन्द्रका करिव बिस जना बृद्घबृद्घालाई फलफुल वितरण गरेको छ ।
    धनुषा चेम्बर अफकमर्सबाट जानकी बृद्घाश्रम, सन्तबाल अनाथालयमा खाध्यान्न, फलफुलवितरण गरेछ भने जनकपुरधामबजार परिक्रमा गरी मास्क, सेनीटाइजर तथा कोरोना सचेतनाका लागि चेम्बरले तयार गरेको पर्चा वितरण गर्ने तथा साँझ दिपावलीको आयोजना समेत गरेको छ ।
    त्यसैगरि, बाकेचेम्बर अफकमर्सले यस अवसरमा नीलसागर आश्रम नेपालगंजमा रहेका बृद्घबृद्घाहरुलाई फलफुल उपलब्ध गरायो भने । आश्रमलाई नगद रु. सातहजार सहयोग गरेको छ । आश्रमले पानसमा बत्तिबालेर चेम्बरको उत्तरोत्तर प्रगतीको कामना गरेको थियो ।
    यता महोत्तरी चेम्बर अफकमर्सबाट चेम्बर कार्यालयको उद्घाटन गरेको छ । बर्दिवासमा रहेको कार्यालयको प्रदेससभा सदस्यश् शारदा देवीथापाले उद्घाटन गरेकी थिईन् ।कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख बिदुर कुमार थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल समेतको उपस्थिती थियो ।
    काभ्रे चेम्बर अफकमर्सले लायन्स क्लव अफ काठमाण्डौं टेम्पल चण्डेश्वरीको संयुक्तआयोजनामा बनेपामा एक सय भन्दा बढीलाई भोजन गराएको थियो ।
    गुल्मीचेम्बर अफकमर्सले यस स्थानिय गुल्मी अस्पताललाई सर्जिकल मास्क, सेनिटाइजर उपलब्ध गराएको थियो ।
    त्यसैगरि, चितवन चेम्बर अफकमर्सले“कोरोना संक्रमितको आव्हान, हाम्रो साझाअभियान, मैले जितें कोरोना, गर्छु प्लाज्मादान”भन्ने नाराका साथ प्लाज्मा संकलनकालागी रक्तदानको आयोजना गर्‍यो ।नारायणगढ स्थित चेम्बर कार्यालयमा प्रमुख जिल्लाअधिकारी नारायण प्रसाद भट्टराईबाट नेपाल चेम्बरको सत्तरी बर्षको लोगो रहेकोे झण्डाको झण्डोत्तलनसंगै प्रारम्भ भएको रक्तदानमा शसस्त्र प्रहरी बलका बाह्रजना सहितले रक्तदान गरेका थिए । र यसलाई अझ केहि दिन संचालन गरी एक सय पचास पाउण्ड रगत संकलन गरिने कार्यक्रम रहेको छ । यस कार्यमा राप्ती नगरपालिका प्रमुख प्रभाव बरालको सकृय सहयोग र भरतपुर महानगरपालिकाको सहयोग रहेको चितवन चेम्बर अफ कमर्शले जनाएको छ ।
    अर्घाखाची चेम्बर अफ कमर्सले राहत रकम हस्तान्तरण गरेको छ । जिल्ला विपद ब्यवस्थापन समिति मार्फत अर्घाखांची चेम्बर अफ कमर्सले सितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीलाई हालै आएको पहिरोबाट पिडित भएकाहरुलाई राहत उपलब्ध गराउन रु. पच्चिस हजारको चेक हस्तान्तरण गरियो । शुभकामना आदान प्रदान कार्यक्रमबाट शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य चेत नारायण आचार्य, विशिष्ट अतिथि सितगंगा नगरपालिकाका प्रमुख श्री सुर्य प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विनोद राज खनाल, जिल्ला पत्रकार महासंघका सचिव सुर्य प्रसाद भुषाल तथा प्रतिनिधि सुमन घिमिरेको उपस्थिती रहेको थियो ।
    त्यसो त, गोरखा चेम्बर अफ कमर्स र लायन्स क्लवको संयुक्त आयोजनामा रक्तदानको कार्यक्रम गरिएको छ । रक्तदानकार्यक्रमबाट करिव चालिस पाउण्ड रगत संकलन भएको थियो । यसका साथै चेम्बर कार्यालयमा जिल्ला समन्वय समितिका उपप्रमुख जानुका अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल चेम्बर अफ कमर्स तथा चेम्बरको सत्तरी बर्षको लोगो अंकित झण्डा फहराउने कार्यक्रम गरियो ।
    उसैगरि, रुपन्देही चेम्बर अफ कमर्सले रक्तदानको आयोजना गर्यो । उक्त कार्यक्रमबाट ७२ प्वाईण्ट रगत संकलन भएको जानकारी प्राप्त भएको छ ।
    कपिलवस्तु चेम्बर अफ कमर्सले शुभकामना आदान प्रदानको कार्यक्रम गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीको प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीको विशिष्ट आतिथ्यता, ईलाका प्रशासन कार्यालयका प्रमुख तथा चन्द्रौटा उबासंघका महासचिव दमन भाटको उपस्थिती रहेको जनाईएको छ । त्यसैगरि, कोभिड १९ को कारण शिवराज नगरपालिकाको आईसोलेसन सेण्टरमा रहेका तिस जनालाई खाजा तथा फलफुल वितरण गरिएको खबर छ ।
    त्यस्तै, मलंगवा चेम्बर अफ कमर्सले चेम्बर दिवसकै अवसर पारेर मलंगवा स्थित सर्लाही अस्पताल तथा बालमन्दिरमा फलफुल तथा मास्क वितरण गरेको छ ।
    हरिवन चेम्बर अफ कमर्सले आफ्नो कार्यालय संचालनमा ल्याएको छ । प्रदेस सभासद डिल्ली प्रसाद उप्रेतीले एक समारोह बिच कार्यालयको उद्घाटन गरे । उद्धाटन पश्चात सुरक्षाकर्मी र हरिवन बजारमा मास्क वितरण तथा साँझ केक काटी दिपावली गरिएको थियो ।
    त्यसै गरि, तेह्रथुम चेम्बर अफ कमर्सले प्रभात फेरीको रुपमा बजारमा मास्क तथा सेनीटाइजरको वितरण र प्रयोग बारे जनचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाएको छ ।
    चेम्बरका अन्य शाखाहरुबाट भए गरेका कार्यक्रम बारे विवरण आउने क्रम जारी छ ।

    Advertisement

    बुधबार, असोज २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.