• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

दुई दिने जलवायु परिवर्तन र सञ्चार सशक्तिकरण तालिम सम्पन्न

  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
  • भरतपुर/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको आयोजनामा सञ्चालित दुई दिने ‘जलवायु परिवर्तन, वन संरक्षण तथा वातावरणीय न्यायसम्बन्धी सञ्चार सशक्तिकरण’ तालिम सम्पन्न भएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा आयोजित उक्त कार्यक्रम आइतबार समापन गरिएको हो। तालिममा आदिवासी जनजाति समुदायसँग सम्बन्धित विषयवस्तुलाई सञ्चारमाध्यममा प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकासका साथै वन संरक्षण र जलवायु परिवर्तनका असरबारे सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई सशक्त बनाउने उद्देश्य राखिएको थियो।

    Advertisement

    डिभिजन वन कार्यालय चितवनका प्रमुख एवं डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्य र वातावरणविज्ञ डा. टेकबहादुर गुरुङले वन संरक्षणमार्फत आदिवासी जनजाति समुदायको जीविकोपार्जनका सम्भावना तथा जलवायु परिवर्तन न्यूनीकरणका उपायबारे प्रशिक्षण दिएका थिए।

    यस्तै, फोनिज चितवनका संस्थापक अध्यक्ष एवं संरक्षक सन्तकुमार चौधरी र पत्रकार रमेशकुमार पौडेलले आदिवासी जनजाति समुदायका मुद्दालाई सञ्चारमाध्यमसँग कसरी जोड्ने भन्ने विषयमा व्यावहारिक प्रशिक्षण दिएका थिए। पत्रकार पौडेलले चितवनका आदिवासी जनजाति समुदायका विविध अनुभव, अवसर र चुनौतीलाई उजागर गर्दै हरेक जातिको कथा बाहिर ल्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे।

    उनका अनुसार चितवनमा करिब ४० भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहेको छ। पहाडी क्षेत्रमा चेपाङ र तराई क्षेत्रमा थारु समुदायको पहिचान बढी देखिए पनि अन्य समुदायका आवाजहरू पनि समान रूपमा उठान हुनुपर्ने आवश्यकता औंल्याइएको छ।

    बागमती प्रदेशका सदस्य तथा पूर्व वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले आदिवासी जनजाति समुदायको विकास र प्रवर्द्धनका लागि राज्यको तर्फबाट थप प्रोत्साहन आवश्यक रहेको बताए। प्रदेशमा यी समुदायको बाक्लो उपस्थिति रहेको उल्लेख गर्दै सबै जातिलाई समान दृष्टिले हेर्ने नीति राज्यले अघि बढाएको उनको भनाइ थियो। फोनिज चितवनका अध्यक्ष तुलमान गुरुङले आदिवासी जनजाति समुदायबाट आएका सञ्चारकर्मीलाई अझ सक्षम बनाउन यस्ता तालिम आवश्यक रहेको उल्लेख गरे। उनले डिभिजन वन कार्यालयसँगको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए। कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो।

    सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.