• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • काठमाडौं/नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी वर्तमान आर्थिक अवस्था, नीतिगत सुधार तथा निजी क्षेत्रका समस्याबारे विस्तृत छलफल गरेको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको टोलीले सरकारसँग समन्वय र सहकार्य मार्फत आर्थिक पुनरुत्थानको आवश्यकता औंल्याएको थियो ।
    अध्यक्ष अग्रवालले सरकारद्वारा सार्वजनिक गरिएको १०० दिने कार्यसूचीको स्वागत गर्दै भदौ २३ र २४ गतेको आन्दोलनपछि देश संवेदनशील राजनीतिक मोडमा पुगेको स्मरण गराउनुभयो । “हालको अवस्थामा राजनीतिक स्थायित्व स्थापित भएको छ, जसले आर्थिक विकासप्रतिको आशा जगाएको छ,” उहाँले भन्नुभयो, “अब आर्थिक नीति, औद्योगिक तथा व्यवसायिक रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनेमा हाम्रो विश्वास छ ।” उहाँले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई उत्साहित बनाउने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
    त्यस्तै उहाँले २ करोडसम्म कारोबार गर्ने साना व्यवसायीका लागि सरल कर प्रणाली , डिजिटल माध्यमबाट सहज दर्ता तथा नवीकरण प्रक्रिया र कर प्रशासनमा पारदर्शिता तथा पूर्वानुमान योग्य वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुुभयो ।
    उहाँले नीतिगत जटिलताका कारण झण्डै १ लाख ५० हजारभन्दा बढी उद्यमी व्यवसायी कालोसूचीमा परेको र साना व्यवसायीहरू बन्द हुन बाध्य भएको उल्लेख गर्दै अब उप्रान्त महत्वपूर्ण नीतिगत परिवर्तनअघि प्रभाव मूल्याङ्कन प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभयो । साथै कर संरचना सुधार, भन्सार दर अधिकतम २५ प्रतिशत कायम, मूल्य अभिवृद्धि कर बहुदर प्रणालीमा लागू, अन्तःशुल्क पुनरावलोकन तथा आयकरको सीमा र दरमा संशोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
    उहाँले १०० बुँदेमा भएका सिएसआर बारे धार्मिक र सामाजिक आस्था जोडिएको सन्दर्भसहित १० बर्षसम्म निष्क्रिय रहेको खाता बन्द गर्ने भन्ने विषयमा कानुन आकर्षित हुने सन्दर्भ उल्लेख गर्नहुँदै फरक धारणा राख्नुभयो ।
    पूर्वअध्यक्ष एवं सल्लाहकार परिषद् अध्यक्ष राजेश काजी श्रेष्ठले हरित अर्थतन्त्रतर्फ उन्मुख हुन आग्रह गर्नुहुँदै भन्नुुभया े“विद्युतीय सवारी साधनमा कर छुट र जलऊर्जा प्रवद्र्धनमा विशेष जोड दिनुपर्छ,” साथै उहाँले कर प्रणालीमा पनि सुधारको खाँचो औंल्याउनुभयो ।
    निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले “गाँजा खेतीलाई वैध बनाउने र स्थानिय सरकारसँग समन्वय गरेर बाझो जमिनको सदुपयोग गर्ने नीति ल्याइनुपर्छ,” भन्ने धारणा राख्नुभयो ।

    Advertisement

    बरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले “मोबाइल फोनमा लागू गरिएको मूल्य अभिवृद्धि करको प्रावधानले व्यवसायमा समस्या सिर्जना गरेको छ,” भन्दै यसको पुनरावलोकन आवश्यक रहेको बताउनुभयो । उपाध्यक्ष उर्मिला श्रेष्ठले भारत र युरोपेली संघबीच भएको सम्झौताबाट नेपालले पनि लाभ लिन सक्ने गरी कूटनीतिक पहल गर्नु आग्रह गनभयो । अर्का उपाध्यक्ष दिपक श्रेष्ठले उद्योगमैत्री नीतिगत सुधार अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
    त्यसैगरी उपाध्यक्ष सन्तोष कुमार पाण्डे, सुरेन्द्र कुमार श्रेष्ठ र निलकण्ठ चौलागाईंले पनि आर्थिक सुधार, वित्तीय सहजीकरण, बैंकिङ सेवा सुधार, पर्यटन प्रवद्र्धन, आयात–आपूर्ति व्यवस्थापन तथा मौद्रिक वित्तीय नीति समन्वयमा केन्द्रित सुझावहरू प्रस्तुत गर्नुभयो ।
    सो अवसरमा चेम्बरले नेपाल चेम्बर अफ कमर्सको सक्रिय सहभागितामा तयार गरिएको आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयन गर्न आग्रह समेत गरेको छ ।
    छलफलको अन्त्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको चिन्ता आफूले बुझेको बताउँदै नेपाल तत्कालै अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति नहुने धारणा व्यक्त गर्नुभयो । “देश बनाउने हुटहुटी बोकेर आएका छौं, निजी क्षेत्र इमानदार भइदिनूस्, राज्यले पूर्ण सहयोग गर्छ,” उहाँले भन्नुभयो । उहाँले इमानदार व्यवसायीलाई कुनै प्रकारको दुःख नहुने ग्यारेन्टी गर्दै नियोजित त्रुटि र बेइमानीप्रति भने कडाइका साथ प्रस्तुत हुने चेतावनी दिनुभयो। साथै उत्पादनमूलक उद्योग, आयात प्रतिस्थापन, लगानीमैत्री वातावरण र रोजगारी सिर्जनामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.