• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

डायस्पोरासँगको सुदृढ साझेदारी समृद्ध नेपालका लागि महत्वपूर्ण : एनआरएनए यूके

  •   शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
  • लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल र विश्वभर फैलिएको नेपाली डायस्पोराबीचको सुदृढ साझेदारी राष्ट्रको दीर्घकालीन समृद्धिका लागि अत्यन्त महत्वपूर्ण हुने जनाएको छ।
    नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा गठित मन्त्रिपरिषदलाई हार्दिक बधाई दिंदै एनआरएनए यूकेले यो जनादेशले देशमा स्थायित्व, पारदर्शिता र समावेशी विकास अघि बढाउने महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरेको छ।
    एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेद्वारा संयुक्त रूपमा जारी गरिएको वक्तव्यमा नेपालभित्र तथा विश्वभर रहेका नेपालीहरूले जिम्मेवार नेतृत्वमार्फत राष्ट्रिय एकता, आर्थिक अवसर र सामाजिक प्रगतिको अपेक्षा गरेको उल्लेख छ।
    “नयाँ सरकारसँग विश्वभरका नेपालीहरूको ऊर्जा, सीप र अनुभवलाई उपयोग गर्दै राष्ट्र निर्माणलाई तीव्रता दिने ऐतिहासिक अवसर रहेको छ। विश्वभरका गैरआवासीय नेपालीहरू लगानी, ज्ञान आदानप्रदान, सीप हस्तान्तरण तथा अन्तरराष्ट्रिय सञ्जालमार्फत नेपालको विकासमा योगदान गर्न सदैव तयार छन्,” विज्ञप्तिमा भनिएको छ।
    विदेशमा बसोबास गर्ने दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूसँगको सम्बन्ध सुदृढ बनाउँदै उनीहरूको भाषा, संस्कृति र पहिचानसँगको सम्बन्ध जोगाइराख्नु दीर्घकालीन राष्ट्रिय विकासका लागि महत्वपूर्ण हुने बताउंदै एनआरएनए यूकेले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनालाई अझ मजबुत बनाउन नयाँ सरकारले ठोस पहल गर्ने अपेक्षा व्यक्त गरेको छ।
    भारत र चीनजस्ता उदाउँदा शक्तिहरूबीच अवस्थित नेपालले सन्तुलित, स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ। सबै अन्तरराष्ट्रिय साझेदारहरूसँग रचनात्मक सम्बन्ध कायम राख्दै नेपालको सार्वभौमिकता, गरिमा र राष्ट्रिय हितको संरक्षण गर्नुपर्ने वक्तव्यमा उल्लेख छ।
    वक्तव्यमा वर्तमान जटिल भूराजनीतिक अवस्थाबीच नेपालले आफ्नो परम्परागत तटस्थता, विश्वसनीयता र रणनीतिक सन्तुलन कायम राख्नुपर्ने बताइएको छ। यसले अन्तरराष्ट्रिय स्तरमा नेपालको विश्वसनीयता सुदृढ बनाउने र सबै निर्णयहरू नेपाली जनताको सर्वोत्तम हितमा केन्द्रित हुने सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।
    त्यस्तै, अन्य राजनीतिक दलहरूलाई पनि जनताबाट आएको सन्देश आत्मसात गर्दै आवश्यक सुधार गर्न र नयाँ सरकारसँग रचनात्मक सहकार्य गर्न आग्रह गरिएको छ। लोकतान्त्रिक संस्थाहरू सुदृढ बनाउन र दीर्घकालीन राष्ट्रिय हित प्रवर्द्धन गर्न सबै राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।
    संयुक्त अधिराज्यमा बसोबास गर्ने नेपाली समुदायको तर्फबाट नयाँ सरकारलाई सफल कार्यकालको शुभकामना दिँदै विज्ञप्तिमा नेपालमा दिगो शान्ति, स्थायित्व र समृद्धि स्थापना होस् भन्ने कामना गरिएको छ।
    हेर्नोस् एनआरएनए यूकेद्वारा जारी वक्तव्य जस्ताको

    Advertisement

    शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.