• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

राप्तीमा चैत १४ गते देखि भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै


  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
  • राप्ती/पुर्वी चितवनको राप्तीस्थित शिखर सामुदायिक वन उपभोक्ता समूह र रियल गोर्खा युवा क्लबको संयुक्त आयोजनामा जिल्ला स्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिता तथा प्रथम चैते दशैं मेला एवं वृहत् सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ। चैत दशैंको अवसर पारेर यहि चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमबारे आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। सो कार्यक्रम राप्ती–५, शिखरबस्तीस्थित नागदह खेल मैदानमा सञ्चालन हुनेछ। उक्त कार्यक्रममार्फत राप्ती क्षेत्रको खेलकुद, कला र संस्कृतिको समुचित समायोजन गर्दै युवालाई सकारात्मक गतिविधितर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ।
    आयोजकका अनुसार युवाशक्तिलाई खेलकुदमार्फत अनुशासित र सक्रिय बनाउनुका साथै स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। साथै सामुदायिक वन संरक्षण, दिगो व्यवस्थापन तथा वातावरणीय सचेतनासम्बन्धी सन्देश प्रवाह गर्ने लक्ष्य समेत लिइएको छ। भलिबल प्रतियोगिता जिल्ला स्तरीय नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। प्रतियोगितामा जिल्लाभित्रका विभिन्न टिमहरूको सहभागिता रहने खेल संयोजक तथा रियल गोर्खे युथ क्लबका सल्लाहकार अविनाश पुन मगरले जानकारी दिनुभयो। प्रतियोगितामा राप्ती–५ र राप्ती–९ का भेट्रान टोलीहरूको समेत सहभागिता रहनेछ भने प्रत्येक टिमले बाहिरी जिल्लाबाट बढीमा तीन जना खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ।
    प्रतियोगितामा प्रथम पुरस्कार ८० हजार रुपैयाँ, द्वितीय पुरस्कार ४० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ निर्धारण गरिएको छ। सहभागी हुन चाहने टिमका लागि दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ। साथै कार्यक्रममा पन्जा लडाई खेल पनि समावेश गरिने संयोजक सूर्य मोक्तानले जानकारी दिनुभयो।
    यसैबीच, प्रथम चैते दशैं मेलाको अवसर पारेर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा वृहत् सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ। कार्यक्रममा नृत्य, गीत, झाँकी लगायतका विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिने कार्यक्रम संयोजक तथा क्लबका अध्यक्ष समीप तामाङले जानकारी दिनुभयो।
    उहाँले कार्यक्रममार्फत स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने, सामुदायिक एकता सुदृढ बनाउने तथा स्वच्छ र हरित वातावरण निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
    कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको शिखर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्देश घलानले जानकारी दिनुभयो। उहाँका अनुसार सञ्चारकर्मी, सुरक्षाकर्मी, स्थानीय तह तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको छ।
    पाँच दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने करिब ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा रियल गोर्खे युथ क्लबका सचिव विशाल लो, सूर्य मोक्तान तथा शिखर सामुदायिक वन उपभोक्ता समूहकी कोषाध्यक्ष शान्ति कुँवर लगायतको उपस्थिति रहेको थियो।

    Advertisement

    बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.