• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

  •   बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
  • नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन् । जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा हालसम्म उल्लेखनीय प्रगति देखिएको र मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१ दशमलव १ प्रतिशतले खोप सेवा लिइसकेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईंले बताउनुभयो । जिल्लाभर खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । स्थानीय तहसँगको सहकार्यमा अपेक्षित उपलब्धि हासिल भएको हो । जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ । विशेषगरी मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा खोपको प्रगति उल्लेखनीय देखिएको छ ।

    Advertisement

    मध्यविन्दुमा ४९ दशमलव आठ प्रतिशत र बौदिकालीमा ४७ प्रतिशत प्रगति भएको छ । जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षमा बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी यही चैत १ गतेदेखि ५ गतेसम्म खोप अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ । लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको प्रमुख चापागाईंले बताउनुभयो ।

    स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापानिज इन्सेफलाइटिसका १५ सङ्क्रमित फेला परेका छन् । जसमध्ये छ जनाको मृत्यु भइसकेको छ । यसअघि आर्थिक वर्ष २०७९÷८० मा सात जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको थियो । आव २०८०÷८१ मा आठ जनामा सङ्क्रमण देखिएकामा एक जनाको मृत्यु भएको थियो । जिल्लामा खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले लक्ष्यअनुसार उपलब्धि हासिल हुने स्वास्थ्यकर्मीले विश्वास व्यक्त गरेका छन् ।

    बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.