भरतपुर/चितवनमा मिति २०८२ चैत्र १३ र १४ गते नवौं मिष्टर हिमालयन प्रतियोगिता हुने भएको छ ।
चितवनमा हुन लागेको नवौं मिष्टर हिमालयन प्रतियोगितालाई सफल बनाउनको लागि चितवन शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा एक विशेष बैठक बसी तयारीको विषयमा छलफल गरिएको थियो ।
विगतका दिनहरुमा चितवन बाहिर हुँदै आएको यस प्रतियोगितालाई सफल बनाउनको लागि विभिन्न उपसमितिहरु गठन गरि कार्य आरम्भ गरिएको चितवन शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी गराउनु भयो ।
बैठकले प्रकाश गुरुङ संयोजक, प्रविन कुमार सिंह र बिर बहादुर राना सदस्य रहने गरी कार्यक्रम व्यवस्थापन उपसमिति, राकेशमान श्रेष्ठको संयोजक, भिम घले र आनन्द गुरुङ सदस्य रहने गरी अतिथि सत्कार उपसमिति, इन्द्र बहादुर श्रेष्ठ संयोजक, अनिल कुमार श्रेष्ठ सदस्य रहने गरी आर्थिक उपसमिति, राजेन्द्र गुरुङको संयोजकमा हस्पिटालिटी उपसमिति, राजु भट्ट संयोजक रहने गरी मिडिया समन्वय उपसमिति, अन्तोष वमजन संयोजक, दिपक श्रेष्ठ सदस्य रहने गरी सुरक्षा उपसमिति, तेजेन्द्र कुँबर संयोजक, लाल बहादुर राय सदस्य रहने गरी स्टेज तथा होडिङ बोर्ड उपसमिति, श्याम न्यौपाने संयोजक रहने गरी स्वास्थ्य उपसमिति, सूर्य हल्क संयोजक, सुरज तामाङ सदस्य रहने गरी स्वयमसेवक उपसमिति, एलिना सुनार संयोजक, संगीता गुरुङ र सुरेश गुरुङ सदस्य रहने गरी ब्याच, मेडल तथा मोमेन्टो उपसमिति गठन गरिएको छ ।
गठन गरिएको उपसमितिहरुले आफू मातहतका समितिको कामलाई प्रभावकारी बनाउनको लागि आवश्यकता अनुसार सदस्यहरु थप गरी अगाडि बढ्नको लागि बैठकले अधिकार समेत प्रदान गरेको थियो ।






