• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

एकता र संस्थागत सुदृढीकरणको लागि रोजिना प्रधान राईको उम्मेदवारी

  •   शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
  • काठमाडौं/ गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ विश्व महाधिवेशनका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आईसीसी० उपाध्यक्ष पदमा रोजिना प्रधान राईले उम्मेदवारी दर्ता गरेकी छन्। मार्च १४, १५ र १६ मा काठमाडौंमा हुने एनआरएनएको १२औँ विश्व सम्मेलन तथा महाधिवेशनबाट संघको नयाँ नेतृत्व चयन हुँदैछ। सोही महाधिवेशनलाई लक्षित गर्दै राईले खुला तर्फको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन्।

    Advertisement

    सन् २००३ मा “नेपालका लागि नेपाली” भन्ने मूलमन्त्रका साथ स्थापना भएको एनआरएनएमा राई सन् २००७ देखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारीमा काम गर्दै आएकी छन्। पछिल्लो ११औँ महाधिवेशनबाट उनी महिला उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उक्त जिम्मेवारीलाई उनले केवल पदका रूपमा नभई प्रवासी नेपाली समुदायको विश्वास र भरोसाको प्रतिनिधित्वका रूपमा लिएको बताएकी छन्।

    संस्थाभित्र देखिएका चुनौती र मतभेदका बीच पनि राईले सधैँ बृहत् एकता, पारदर्शिता र संस्थागत सुदृढीकरणको पक्षमा आवाज उठाउँदै आएको बताइन्छ। महिला उपाध्यक्षका रूपमा कार्यरत रहँदा उनले महिलामात्र होइन, सम्पूर्ण प्रवासी नेपाली समुदायलाई जोड्ने अभियानमा सक्रिय भूमिका खेलेकी थिइन्।राईका अनुसार एनआरएनए कुनै व्यक्ति वा समूहको संस्था नभई विश्वभर छरिएका नेपालीहरूको साझा मञ्च हो। यही मञ्चलाई अझ सशक्त, एकीकृत र प्रभावकारी बनाउँदै विश्वभर रहेका नेपालीको आवाजलाई संगठित रूपमा अगाडि बढाउनु अहिलेको आवश्यकता भएको उनले बताएकी छन्। उनले “एक पटकको नेपाली सधैँको नेपाली” भन्ने भावनालाई अझ विस्तार गर्दै विश्वभर छरिएका नेपाली र तिनका सन्तानलाई सम्मानित नेपालीका रूपमा स्थापित गर्ने अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै प्रवासी नेपालीको अनुभव, सीप र सम्भावनालाई नेपालसँग जोड्दै समृद्ध र संस्कारित नेपाल निर्माणको यात्रामा योगदान पुर्‍याउने आफ्नो लक्ष्य रहेको उनले उल्लेख गरेकी छन्।
    राईका अनुसार उपाध्यक्ष पदमा उम्मेदवारी दिनु व्यक्तिगत महत्वाकांक्षाको विषय मात्र नभई एनआरएनएको दीर्घकालीन हित, संस्थागत स्थायित्व र प्रवासी नेपाली समुदायको साझा आकांक्षालाई अघि बढाउने जिम्मेवारी हो। १२औँ महाधिवेशनले एनआरएनएको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले विश्वभर रहेका एनआरएन अभियन्ता, अग्रज, सहकर्मी तथा शुभेच्छुकहरूसँग साथ, विश्वास र सहयोगको अपेक्षा गरेकी छन्। उनका अनुसार एनआरएनएको यात्रा केवल व्यक्तिगत अभियान नभई विश्वभर छरिएका नेपालीहरूको साझा उत्तरदायित्व र सामूहिक प्रयासको प्रतीक हो, जसलाई अझ मजबुत बनाउने संकल्पसहित आफू उम्मेदवारीमा उत्रिएको बताएकी छन्।

    शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.