अर्थमन्त्री रामेश्वर खनालले पदबाट बिदा नहुँदै कूटनीतिक राहदानी फिर्ता गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले यस्तो जानकारी गराएका हुन् । ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनुहुन राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु,’ खनालले अर्थ मन्त्रालयको प्रशासन महाशाखामा बुझाएको निवेदनमा भनेका छन् ।
Advertisement





