• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

‘फेक माउन्टेन रेस्क्यु’को जालो : रामप्रसाद सापकोटाको पुस्तकले उठाएको प्रश्न


  •   बुधबार, फागुन ०६, २०८२ मा प्रकाशित
  • काठमाडौँ /नेपालको हिमाली पर्यटनसँग जोडिएको हेलिकप्टर उद्धार सेवा पछिल्लो समय विवादको केन्द्रमा परेको छ। पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको कृति ‘आधा शताब्दी’ मा उल्लेख गरिएका अनुभव र तथ्यहरूले तथाकथित ‘फेक माउन्टेन रेस्क्यु’ अर्थात नक्कली उद्धारको जालोबारे गम्भीर प्रश्न उठाएका छन। उनका अनुसार उद्धार सेवाभित्र बिचौलिया, केही हेलिकप्टर कम्पनीका एजेण्ट र निजी अस्पतालबीचको मिलेमतोले पर्यटन क्षेत्रको विश्वसनीयतामाथि असर पारिरहेको छ।

    Advertisement

    विशेषगरी सगरमाथा क्षेत्र र लुक्लाबाट काठमाडौं फर्किने क्रममा हेलिकप्टर सेवाको माग अत्यधिक हुने गर्दछ। तर उद्धारको स्पष्ट र एकरूप दर नतोकिँदा भाडा मनपरी निर्धारण हुने र बढी रकम तिर्न सक्नेले प्राथमिकता पाउने ‘अदृश्य प्रणाली’ विकास भएको आरोप छ। यसले पारदर्शिता र समान पहुँचको सिद्धान्तलाई चुनौती दिएको सापकोटाले उल्लेख गरेका छन।

    अझ चिन्ताजनक विषय भनेको सामान्य स्वास्थ्य समस्या भएका पर्यटकलाई पनि उद्धार आवश्यक भएको भन्दै कागजी प्रक्रिया मिलाएर काठमाडौं ल्याउने प्रवृत्ति हो। यस क्रममा बीमा दाबी, अस्पताल समन्वय र बिचौलियाको भूमिका रहने आशंका व्यक्त गरिएको छ। यस्तो कार्यले बीमा कम्पनीलाई आर्थिक क्षति पुर्‍याउनुका साथै नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दीएको छ।

    सापकोटाले आफूले यस्ता विकृतिको विरोध गरे पनि सुधारका लागि राज्य संयन्त्र सक्रिय नदेखिएको गुनासो गरेका छन। छानबिन समिति गठन गर्ने तर दीर्घकालीन समाधान नखोज्ने प्रवृत्तिले समस्या ज्यूँका त्यूँ रहेको उनको भनाइ छ। विपत्तिका बेला सर्वसाधारण नागरिकसमेत हेलिकप्टर सेवाबाट वञ्चित हुने अवस्था देखिएको उल्लेख गर्दै उनले बिचौलियामुक्त र पारदर्शी प्रणालीको आवश्यकता औँल्याएका छन।

    समाधानका रूपमा उनले सगरमाथा क्षेत्रका बिरामी पर्यटकको उपचार पहिलो चरणमा लुक्लाको सरकारी अस्पतालमै हुनुपर्ने सुझाव दिएका छन। त्यहाँ उपचार सम्भव नभए मात्र चिकित्सकको सिफारिसमा काठमाडौंका सरकारी अस्पतालमा रिफर गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। साथै हिमाली क्षेत्रमा सरकारी, पर्यटकमैत्री उपचार केन्द्र स्थापना गरी उपचारबाट संकलित रकम सरकारी ढुकुटीमा जाने सुनिश्चितता गर्नुपर्ने प्रस्ताव गरिएको छ।

    बीमा कम्पनीहरूको भूमिकालाई पनि महत्वपूर्ण मान्दै उनले सरकारी अस्पतालले प्रमाणित गरेको बिरामी प्रमाणपत्रलाई मात्र मान्यता दिने व्यवस्था लागू गर्न सके नक्कली उद्धार स्वतः घट्ने विश्वास व्यक्त गरेका छन। यसले अस्पताल, हेलिकप्टर बिचौलिया र बीमा प्रतिनिधिबीचको त्रिपक्षीय अनैतिक सम्बन्ध तोड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    पर्यटन विज्ञहरूका अनुसार उद्धार सेवामा पारदर्शी दर निर्धारण, अनलाइन निगरानी प्रणाली, स्वतन्त्र अडिट तथा बीमा दाबीको कडाइपूर्वक परीक्षण व्यवस्था लागू गर्न सके मात्र दीर्घकालीन सुधार सम्भव हुनेछ। अन्यथा ‘फेक माउन्टेन रेस्क्यु’को बदनाम छायाँले नेपालको पर्यटन क्षेत्रलाई निरन्तर पछ्याइरहनेछ।

    सापकोटाको सन्देश स्पष्ट छ -हेलिकप्टर उद्धार जस्तो संवेदनशील क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र कडा नियमन लागू गरिएन भने पर्यटन उद्योगकै भविष्य जोखिममा पर्न सक्छ। राज्य, निजी क्षेत्र र बीमा कम्पनीबीच समन्वयात्मक सुधारमार्फत मात्र नेपालको पर्यटन व्यवसायलाई भरपर्दो र विश्वासिलो बनाउने बाटो खुल्नेछ।

    बुधबार, फागुन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.