नेपाल सरकार, उद्योग तथा वाणिज्य मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले आयोजना गर्ने प्रदेश स्तरीय लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम भरतपुर–१०, जिल्ला समन्वय समितिको सभाहलमा फाल्गुण ४ गते बिहान ११ बजे सञ्चालन हुने भएको छ। कार्यक्रममा विशेष बिद्वान र विज्ञ व्यक्तिहरूले प्रशिक्षण दिनेछन् भने सहभागी महानुभावहरूलाई कम्पनी दर्ता तथा प्रशासन, पूँजी बजार, प्राथमिकरदोस्रो बजार, नेप्से र लगानीकर्ता सुरक्षासम्बन्धी जानकारी प्रदान गरिने एस.एण्ड पी कम्पनीका सन्चालका सुर्यप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
यस कार्यक्रमको मुख्य उद्देश्य कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी जानकारी प्रदान गर्नु, लगानीकर्ता शिक्षा प्रवद्र्धन गर्नु, सुरक्षित लगानीका तरिकाहरू बुझाउनु र आगामी दिनमा कम्पनी प्रशासन सुधारका लागि सुझाव संकलन गर्नु रहेको छ। एस.एण्ड पी कम्पनी कार्यालय, भरतपुर, जसले कम्पनी दर्ता, नामरस्थान परिवर्तन, पूँजी वृद्धि, शेयर खरिदरबिक्री लगायत सेवा छरितो, जिम्मेवार र सर्वसुलभ तरिकाले प्रदान गर्दै आएको छ, यस कार्यक्रमको प्रमुख सह–आयोजक रहेको छ।




